शुक्रबार, वैशाख ७
०४:४७

नाकूफोक अध्यक्षमा ६५ वर्षीय किम दोस्रो कार्यकालका लागि निर्वाचित

बिहीबार, पुस ८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

एजेन्सी । दक्षिण कोरियाली बचत तथा ऋण सहकारीहरुको शीर्ष निकाय –नेशनल क्रेडिट युनियन फेडेरेशन अफ कोरिया (नाकूफोक) को अध्यक्षमा किम युन सिक दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । डिसेम्बर २२ अर्थात् हिजो यूसिङ गू डेजियनस्थित नाकूफोकको राष्ट्रिय तालिम केन्द्रमा सम्पन्न बार्षिक साधारण सभाले एशियाली ऋण महासंघ (अकू) का समेत अध्यक्ष रहनुभएका किमलाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । सभामा दक्षिण कोरियाभरका ७२९ क्रेडिट युनियनका अध्यक्षहरु सहभागी थिए ।

६५ वर्षीय किम बिश्व ऋण परिषद् (ओकू) को सञ्चालक सदस्य एवम् त्यस अन्तर्गत कोभिड १९ सम्बन्धी आवश्यक नीति निर्माणका लागि गठित COVID 19 Response Committee को पनि अध्यक्ष हुनुहुन्छ । नाकूफोक ओकूको प्रत्यक्ष सदस्यता प्राप्त कोरियाली क्रेडिट युनियनहरुको केन्द्रीय संघ हो । किम नाकूफोकको ३३ औं अध्यक्षका रुपमा निर्वाचित हुनुभएको हो ।

सन् २०१८ को मार्चमा अध्यक्ष निर्वाचित किमको दोस्रो कार्यकाल सन् २०२२ मार्च १ देखि सन् २०२६ फेब्रुअरी २८ सम्म हुनेछ । कोरियाली क्रेडिट युनियनहरुको विकास र वृद्धिमा केन्द्रीय संघको अध्यक्षको रुपमा किमले विगत ४ वर्षमा प्रदर्शन गरेको नेतृत्व कौशलका कारण उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको नाकूफोकले जनाएको छ । ४ वर्षअघि नेतृत्व लिएसँगै उहाँले ७ प्रमुख समावेशी वित्त परियोजनाहरु (सेभेन ग्रेट इन्क्लुसिभ् फाइनान्स प्रोजेक्ट) अघि बढाउनुभएको थियो । त्यस्तै, उहाँले ‘ब्राण्ड म्यानेजमेन्ट’, ‘फिल्ड ओरियन्टेड म्यानेजमेन्ट’, ‘इन्क्लुसिभ् इनोभेसन म्यानेजमेन्ट’ र ‘सस्टेनेबल म्यानेजमेन्ट’ गरी ४ नयाँ नीतिगत निर्णयहरु लिन नाकूफोकको सञ्चालक समितिलाई मनाउनु भएको थियो भने ‘टार्गेट फन्ड सिस्टम’ र ‘क्रेडिट जोन बिस्तार’ लगायतका दशकौंदेखि कोरियाली क्रेडिट युयिनहरुका उल्झन समाधानमा पनि नेतृत्व लिनुभएको थियो । यी सबै कारण किमको राष्ट्रिय अन्तर्राष्ट्रिय छवि उकासिएको बिश्लेषण गरिएको छ ।
 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।