लगानीका लागि तयारी अवस्थामा राखेको रकम तरलता हो ।
एउटा सम्पत्तिबाट अर्काे सम्पत्तिमा रुपान्तरण गर्न सक्ने रकम नै तरलता हो ।
अर्थात दायित्व भुक्तानीका लागि तयारी अवस्थामा राखिएको रकम तरलता हो ।
तरलता भनेको वित्तीय संघ संस्थाको नगदमा परिवर्तन गर्ने क्षमता हो ।
सजिलै नगदमा परिवर्तन गर्न सकिने त्यस्तो सम्पत्ति जुन वचत फिर्ताको लागि सवै भन्दा बढि महत्व राख्दछ । वित्तीय लगानी, ऋण लगानी, स्थिर सम्पत्ति र सञ्चालन खर्च गरी बाँकी रहेको त्यो रकम जुन बचत फिर्ताका लागि तयारी अवस्थामा राखिन्छ । वित्तीय लगानी, ऋण लगानी र स्थिर सम्पत्तिमा संस्थाको नियन्त्रण हुन सकेता पनि बचत फिर्तामा संस्थाको नियन्त्रण हुन नसक्ने भएकोले तरलताको व्यवस्था गर्नु आवश्यक छ ।
तरल सम्पत्तीको रुपमा रहेको नगद वा सो सरहको रकम ।
तरल लगानीको रुपमा रहेको बैंकमा राखिएको निक्षेप ।
२४ घण्टा भित्र फिर्ता गर्न सकिने गरी अन्य वित्तीय संघ संस्थामा राखिएको निक्षेप ।
तरल सम्पत्ती र तरल लगानीबाट ३० दिन भित्र भुक्तानी दिनु पर्ने रकम घटाई बाँकी रकम कुल बचतको कम्तिमा १५ प्रतिशत र बढीमा २५ प्रतिशत रकम
वा कुल सम्पत्तीको कम्तिमा १०देखि २०%सम्मको रकम, तरल मौज्दात जगेडाको रुपमा १०% रकम ।
संस्थामा वित्तीय आपुर्ति र मागको श्रृङ्खलालाई निम्न अनुसार बुझ्न सकिन्छ ।
आपुर्ति |
माग |
शेयर पुँजी प्राप्त | शेयर फिर्ता |
संस्थागत पुँजी | स्थिर सम्पत्ति खरिद |
कोष प्राप्त | कोष खर्च |
वचत/ निक्षेप प्राप्त | वचत फिर्ता |
वाह्य ऋण प्राप्त | वाह्य ऋण फिर्ता |
ऋण असुली | ऋण लगानी |
चालु सम्पत्ति प्राप्त | चालु दायित्व फिर्ता |
आम्दानी | खर्च |
मुनाफा | वितरण |
तरलता आपुर्तिमा कमि भई माग बृद्धि हुनु ।
तरलता आपुर्ति बढी भई माग कम हुनु ।
संस्थामा जब वित्तीय आपूर्तिमा रोकावट र मागमा वृद्धि हुन्छ तब तरलता संकट पैदा हुन्छ । संस्थामा जब वित्तीय आपूर्ति बढि र माग कम हुन्छ तब तरलता संकट पैदा हुन्छ ।
संस्थामा वित्तीय आपूर्ति र मागको श्रृङ्खलामा रोकावटको असर, संस्थामा आपूर्तिमा रोकावट हुन्छ र मागमा चाहिं वृद्धि भई राख्छ भने त्यस बेला तरलता प्रभावित हुन्छ । तरलतामा दबाव हुनु भनेको तरलता घट्दै जानु हो ।
Lower supply | Higher demand |
शेयर पुँजी फिर्ता |
तरलता |
बचत/निक्षेप फिर्ता | |
वाह्य ऋण फिर्ता | |
ऋण लगानी | |
चालु दायित्व फिर्ता |
liquidity Crisis = liquidity— return
जब शेयर पुँजी प्राप्ती भन्दा फिर्ता बढी हुन थाल्छ, बचत निक्षेप प्राप्ती भन्दा जब फिर्ता बढि हुन थाल्छ, ऋण असुली भन्दा बढि ऋणको माग बढ्न थाल्छ, चालु सम्पत्ती भन्दा चालु दायित्व बढी हुन थाल्छ त्यसबेला तरलतामा चाप बढ्न थाल्छ । फलस्वरुप तरलता घट्न थाल्छ । त्यस्तो अवस्थामा संस्थाले बचत फिर्ता गर्न नसक्ने र ऋण लगानी पनि गर्न नसक्ने स्थिती पैदा हुन्छ ।
जब कुनैपनि देशको अर्थव्यवस्थामा रोकावट हुन्छ र अर्थव्यवस्थाको विकासदर (GDP) मा लगातार गिरावट हुन्छ । जव मानिसको क्रयशक्ति कमजोर भई बस्तुको मागमा कमी हुन्छ । जब बस्तुको मागमा कमी हुन्छ र बिक्रिमा गिरावट हुन्छ तब बस्तु तथा सेवाको उत्पादनमा कमी हुन्छ । जब बस्तु तथा सेवाको उत्पादनमा कमी हुन्छ र श्रम कटौती हुन्छ तब बेरोजगारीे बृद्धि हुन्छ । यो अबस्था आर्थिक मन्दी हो । अर्थात व्यापार, रोजगार र उपभोगको स्तरमा आउने सुस्तता नै आर्थिक मन्दी हो । आर्थिकमन्दी र सम्भावित मुख्य वित्तीय संकटहरुमा
१) नोट तथा टकको संकट
२) मुद्रास्फितिमा संकट
३) तरलता संकट
४) बचतमा संकट
५) विप्रेषणमा संकट
६) ऋणमा संकट
यस्तो अवस्थामा सहकारीको वित्तीय क्षेत्रमा निम्न प्रभावहरू पर्दछन् ।
सेयर पुँजी बृद्धि दरमा कमी, सदस्यको बचत क्षमतामा कमी, बचत फिर्तामा बृद्धि, ऋण असुली दरमा कमी, संस्थाको फिर्ता गर्न सक्ने क्षमता अथवा तरलतामा गिरावट, भाखा नाघेको ऋणमा बृद्धि र बचत प्राप्तीमा कमी हुनु, लगानी क्षमता कमजोर, ऋण लगानी अनुपातमा बृद्धि, बिप्रेषण प्राप्तीमा कमी, आम्दानी दरमा गिरावट, सञ्चालन खर्चको दरमा बृद्धि, बचतको ब्याजदर बृद्धि, फरकता दरमा कमी, मुनाफा दरमा कमी र कुल सम्पति बृद्धिदरमा कमी हुन जान्छ ।
सामान्य आवस्थामा संस्थामा बचत निक्षेपको अनुपातमा जहिले पनि १६ प्रतिशत तरलता कायम राख्नुपर्छ । १६ प्रतिशत मध्ये १० प्रतिशत तरल मौज्दात जगेडाको रुपमा राखि राख्नु पर्छ । १६ प्रतिशत भन्दा कम तरलता घट्दै १० प्रतिशत तिर आउन थालेमा ठूलो परिमाणका ऋण लगानी स्थगित तथा वाह्य ऋणको प्रबन्ध तिर लाग्नु पर्ने हुन्छ ।
संस्थाको वित्तीय संरचनामा विशेष ध्यान पुर्याउँदै कुल सम्पत्तीको अनुपातमा शेयरपुँजीे १२ प्रतिशत सम्म, संस्थागत पुँजी ६ प्रतिशत भन्दा बढी, बचत निक्षेप ७५ प्रतिशत भन्दा बढी,वाह्य ऋण ५ प्रतिशत सम्म, त्यस्तै आर्थिक लगानी २ प्रतिशत सम्म, ऋण लगानी ८० प्रतिशत सम्म, स्थिर सम्पत्ती ४ प्रतिशतसम्म, पाउनुपर्ने हिसाब १ प्रतिशतसम्म र तरलता १३ प्रतिशत सम्म कायम गर्नु पर्दछ ।
दीर्घकालिन दायित्व भन्नाले एक आर्थिक वर्ष पछि फिर्ता गर्नु पर्ने रकम र चालु दायित्व भन्नाले एक आर्थिक वर्ष भित्र फिर्ता गर्नु पर्ने रकम भन्ने बुझिन्छ ।
दीर्घकालिन दायित्व अन्र्तग सेयर पुँजी, संस्थागत पुँजी, नियमित बचत, १२ महिना भन्दा बढी समयमा फिर्ता हुने आवधिक तथा अन्य बचत र १२ महिना पछि बुझाउने बाह्य ऋण पर्दछन् । जुन कुल सम्पत्तीको अनुपातमा ६० प्रतिशत हुनु आवश्यक छ ।
चालु दायित्व अन्र्तगत खर्च हुने कोषहरु, अल्पकालिन बाह्य ऋण, ऐच्छिक तथा अन्य बचत, चालु आ.व. भित्र फिर्ता गर्नु पर्ने आवधिक बचत, अन्य चालु दायित्व /भुक्तानी दिनुपर्ने र अन्य दीर्घकालिन दायित्व पर्दछन् । जुन कुल सम्पत्तीको अनुपातमा ४० प्रतिशत हुनु आवश्यक छ । जुन संस्थाले यस अनुपातलाई मिलाएको छ त्यस संस्थालाई कुनै परिस्थितिमा पनि तरलता संकट पर्दैन ।
चालु आ.व. भन्दा बढी समयमा प्राप्त हुने रकम दीर्घकालिन सम्पत्ती हो भने चालु आ.व. भित्र प्राप्त हुने रकम चालु सम्पत्ती हो । दीर्घकालिन सम्पत्ती अन्र्तगत आर्थिक लगानी (सेयर खरिद, संघहरुमा राखेको नियमित बचत १ आ.व. भन्दा बढी समयको मुद्धति ), १२ महिना भन्दा बढि समयमा असुल हुने ऋण र स्थिर सम्पत्ति तथा अन्य सम्पत्ति पर्दछन् । जुन कुल सम्पत्तीको अनुपातमा ६० प्रतिशत हुनु आवश्यक छ । चालु सम्पत्ती अन्र्तगत नगद वा सो सरह, तरल लगानी (बैंक बचत/निक्षेप/कल डिपोजिट खाता, संघहरुको ऐच्छिक बचत अल्पकालिन मुद्धति एक आ.व. भित्र फिर्ता हुने), चालु आ.व. भित्र असुल हुने ऋण र अन्य चालू सम्पत्ति÷पाउनु पर्ने हिसाब जुन कुल सम्पत्तीको अनुपातमा ४० प्रतिशत हुनु आवश्यक छ ।
चालु दायित्व |
चालु सम्पत्ति |
- चालु आ.व भित्र फिर्ता गर्नुपर्ने बचत - चालु आ.वमा फिर्ता गर्नुपर्ने वाह्य ऋण - तिर्नु पर्ने तलब, ज्याला, सुविधा - आयकर, कर - ऋण जोखिम व्यवस्था - लेखा परीक्षण - तिर्न बाँकी व्याज - व्याज मुल्तबी |
- नगद वा सो सरह - तरल लगानी - चालु आर्थिक बर्ष भित्र फिर्ता गर्न सकिने मुद्धति निक्षेप - पाउँनुपर्ने हिसाब - चालु आ.व भित्र असुल हुने ऋण कुल ऋणको किस्ता |
चालु दायित्वको अनुपातमा चालु सम्पत्ति १०० प्रतिशत भन्दा बढी हुनु पर्दछ । अर्थात फिर्ता गर्नु पर्ने रकम प्राप्त गर्नु पर्ने रकम भन्दा कम भएमा तरलतामा समस्या आउदैन ।
१) सेयर तथा बचत
सानो परिमाणका सेयरपुँजी थप गर्न सदस्यहरुलाई आग्रह गरी सेयर सदस्यको सहभागितास्तर अनुपातमा सेयरपुँजी बराबरको रकम नपुग्ने कम्तिमा ५० प्रतिशत सदस्यबाट सेयर संकलन गर्ने । प्रत्येक सदस्यहरुलाई नियमित बचतको दायरामा ल्याउने । एक आ. व. भन्दा बढीका आवधिक बचत स्वीकार गर्ने । शेयर पुँजी, संस्थागत पुँजी, नियमित बचत र एक वर्ष भन्दा बढीका आवधिक बचत जुन दीर्घकालिन दायित्व हुन कुल सम्पतिको ६० प्रतिशत कायम गर्ने । कुल सम्पतिको कम्तीमा २५ प्रतिशत अथवा कुल बचतको ३५ प्रतिशत नियमित बचत पुर्याउने । बिपद् सामना बचत तथा आकस्मिक बचत योजना ल्याउने । अन्य नयाँ प्रकृतिका बस्तु तथा सेवाका स्किम सहित विकास गर्ने ।
२) तरलता व्यस्थापन
कुल सम्पतिको २५ प्रतिशत वा कुल बचतको ३० प्रतिशत तरलता कायम गरी राख्ने ।
बचत फिर्ताको समय सिमा बचत अनुपातका आधारमा प्रतिशतमा कायम गर्ने । विभिन्न बैंकमा रहेको तरलता रकममा सन्तुलन कायम गर्ने ।
माग र पुर्तिको अवस्था पहिचान गर्न दैनिक रुपमा नगद प्रवाह विश्लेषण गर्ने ।
दैनिक रुपमा तरलता विश्लेषण गरी पूर्व तयारीमा बस्ने ।
३).नगदमा नियन्त्रण
बचत फिर्ताको समय सीमा अनुपात तोक्ने, कुल सम्पतिको ७० प्रतिशत भन्दा बढी ऋण लगानी नगर्ने, एक सदस्यलाई संस्थाको लगानी गर्ने क्षमताका आधारमा प्राथमिक पुँजी कोषको १० प्रतिशत भन्दा कम लगानी गर्ने । पूर्वाधार निर्माण तथा भौतिक सम्पति खरीद गर्ने कुरालाई स्थगित गर्ने अर्थात पुँजीगत खर्च कम गर्ने, नियमित र आन्तरिक कार्यक्रमहरु घाउन कम राख्ने, सञ्चालन खर्चमा नियन्त्रण गर्ने (कर्मचारी भर्ना प्रकृया अत्यावश्यक बाहेक स्थगित गर्ने, कार्यक्रमिक खर्चहरु घटाउने, बजार तथा सुशासन खर्चमा नियन्त्रण गर्ने र हरेक क्रियाकलापमा मितव्ययिता अपनाउने ।
४) ऋण लगानी, ब्याज तथा ब्याज दर
शिघ्र उत्पादन, व्यापार व्यवसाय तथा कृषि क्षेत्रको लगानीलाई प्राथमिकता दिने ,ऋणका किस्ता तालिकामा पुनरावलोकन गर्ने , ऋण असुलीका लागि सदस्यहरुसंग निरन्तर सम्पर्क र समन्वय गर्ने,ब्याज तथा ब्याज दर र हर्जना मिनाहा जस्ता लाभका कार्यक्रमहरुतय गर्नेपुराना भाखा नाधेका ऋण असुलीको लागि विशेष योजना ल्याउने , बचतको ब्याजदर बढाउने ,फरकता दरमा न्यून अन्तर कायम गर्ने र ऋणको ब्याजदर सकेसम्म घटाउने नभएमा यथावत कायम गर्ने ।
५) अन्य व्यवस्थापन