बुधबार, वैशाख १२
१०:०३

रामपुर साकाेसकाे १४ औं वार्षिक साधारण सभा सम्पन्न

शनिबार, मंसीर १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

पाल्पा । रामपुर बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । न्यु श्रीनगर होटल पाल्पामा भएको साधारण सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्याल प्रमुख अतिथि रहनु भएको हो । प्रमुख अतिथि पौड्यालले बोल्दै सहकारी संस्थाको प्रगति शेयर सदस्यहरुको विश्वास र सञ्चालक समितिको सक्षमतामा निर्भरहने बताउनु भएको छ । पानसमा दिप प्रजोलन गरि कार्यक्रम उट्घाटन गर्दै वित्तिय सुचाङ्क सकारात्मक रहे पनि सहकारीको उत्थानका लागि सदस्यहरुलाई सहकारी प्रति पूर्वरुपमा विश्वास दिलाउन आवश्यक रहेको बताउनुभयो ।

सहकारीको मर्म र भावना अनुसार समय सापेक्ष नीति तथा कार्यक्रम कार्यान्वयनमा सञ्चालक समितिको ध्यान दिन सकेमा सदस्यहरुको मन जित्न सकिने बताउनुभयो । सहकारीहरुले उद्यमशीलताको माध्यम बाट शेयर सदस्यहरुको आम्दानी बढाउने खालका कार्यक्रम सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्य वित्तिय संस्था नाफामा केन्द्रित हुन्छ भने सहकारीले सदस्यहरुलाई रकम व्यवस्थापन गर्ने सीप सिकाउँछ । अब सहकारीहरुले आम्दानी गर्ने माध्यम संगै उद्यमशीलतालाई जोड्नु आवश्यक छ ।’ दुनियाँ प्रविधि मैत्री बन्दै गएकाले अबको केही वर्षमा नगदी कारोबार बन्द हुने अवस्था सृजना हुने बताउँदै समय अनुसारको प्रविधि र नीतिको अवलम्बन गर्ने समय आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद युवराज खनालले सहकारीले आर्थिक कारोबार संगै विकासको लागि सहकार्यको ज्ञान प्रदान गरेको बताउनुभयो । उहाँले रामपुर बचत तथा ऋण पाल्पाको पूर्वी क्षेत्र कै अग्रणी सहकारी भएकाले अन्य सहकारीहरुको लागि अनुकरणीय हुने खालका कार्यक्रम सहित अघि बढ्न आग्रह गर्नुभयो । उहाँ सहकारीेले कृषी, पर्यटन, रोजगार उद्यमशिलतामा जोड दिनु पर्ने जसले गर्दा आर्थीक उर्पाजनले आर्थिक समृद्धि मिल्न सहयोग गर्ने बताउनु भएको छ । उहाँले थोपा थोपा गरेर घैटो भरिन्छ त्यसै गरि वचत गर्न सके वचत गर्दै जादा जिबन सुरक्षित हुनेमा समेत जोड दिनु भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका उपाध्यक्ष शान्ति अधिकारीले केन्द्र, प्रदेश र स्थानीय तहको सहकारी ऐन फरक फरक भएको बताउँदै एकरुपता ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । उहाँले उद्यमशीलता तर्फ ध्यान दिने समय आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला सहकारी संघ पाल्पाका सदस्य इश्वरी देवी खनाल, अन्धकारमुुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटा, सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्ण कुमार अर्याल र शेयर सदस्य लक्ष्मण सुनामले सहकारीले आर्थिक रुपान्तरणमा पु¥याएको योगदानको चर्चा गर्दै संस्थालाई प्रगतिको शुभकामना दिनु भएको थियो ।

सस्थाका उपाध्यक्ष नगिलाल पौडेलको स्वागत बाट सुरुभएको कार्यक्रममा रामपुर बचत तथा ऋण सहकारीका अध्यक्ष राजु प्रसाद श्रेष्ठले संस्थाले प्राप्त गरेको उपलब्धी, भावि योजना र रणनितीको बारेमा जानकारी गराउँदै एउटै प्रकृतिका सहकारीलाई मर्ज गरी अघि बढ्ने तयारीमा संस्था रहेको बताउनुभयो ।
सहकारीले साधारण सभाको अवसरमा शेयर सदस्यहरुलाई विभिन्न विद्यामा सम्मान सहित पुरस्कृत गरेको छ । रामपुर नगरपालिका सहित निस्दी गाउँपालिकाका ५ वटा वडा र पूर्वखोला गाउँपालिका १ भित्रका ४ हजार ४ सय ३ जना शेयर सदस्य मध्ये बाट छनौट गरी सम्मान सहित पुरस्कृत गरेको हो । सहकारीले जेष्ठ शेयर सदस्यहरु चुरा बहादुर सेन, हेम बहादुर राना र पेमा कुमारी श्रेष्ठलाई दोसला ओढाई नगद र प्रमाण पत्र सहित सम्मान गरेको हो ।

त्यस्तै उत्कृष्ट बचत कर्ताहरु मध्ये ऐच्छिक बचतमा रामु श्रेष्ठ, दैनिक बचतमा बालकृष्ण श्रेष्ठ र रेमिट बचतमा नौ माया गाहा, नियमित बचतकर्ता तर्फ मोहन वि।क।, प्रेम कुमारी भण्डारी, धनमाया दर्जी र ईश्वर बहादुर खवास, बालबचतकर्ता तर्फ विनिता सिग्देल, प्रवेश लम्साल, पियन्स थापा र विद्यान सिग्देल र ऋण सदुपयोगकर्ता सरस्वती श्रेष्ठ, हरिमाया ढुङ्गाना, टेक बहादुर श्रेष्ठ र कृष्ण गैरेलाई प्रमाण पत्र र नगद सहित सम्मान गरेको व्यवस्थापक रामचन्द्र अधिकारीले बताउनुभयो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र