बुधबार, वैशाख १२
०८:५६

सिस्टर सोसाइटी रामपुर, पाल्पा गठन

शनिबार, मंसीर १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । गण्डकी प्रदेशको पाल्पास्थित रामपुर बचत तथा ऋण सहकारी संस्था लि.मा आबद्ध महिला सदस्यहरुको पहलमा सिस्टर सोसाइटी रामपुर, पाल्पा गठन भएको छ । बचत तथा ऋण सहकारी (क्रेडिट युनियन) हरुमा आबद्ध महिलाहरुको विश्वव्यापी साझा मञ्च सिस्टर सोसाइटी विश्व ऋण परिषद् (ओकू) ले सन् २००९ मा स्थापना गरेको महिला सशक्तिकरण एवम् सञ्जालीकरण अभियान हो । रामपुर साकोसका करिब ६० महिला सदस्यहरुको सहभागितामा सिस्टर सोसाइटी गठन भएको हो । संस्थाको १४ औं वार्षिक साधारण सभाको अवसर पारेर मंसिर १७ गते शुक्रबार नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता एवम् उपाध्यक्ष शान्ति अधिकारीको बिशिष्ट आतिथ्यतामा सिस्टर सोसाइटीको विधिवत् उद्घाटन एवम् गठन भएको हो ।

नेफ्स्कून अध्यक्ष पौड्यालले सिष्टर सोसाइटी गठन भएकोमा हार्दिक बधाई दिदैं शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले सोसाइटीमार्फत महिला उद्यमशीलता, रोजगारी सिर्जना, नेतृत्व विकास र सशक्तिकरणका दिशामा नवीन र नतिजामुखी कार्यहरु आयोजना गरिने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा नेफ्स्कून उपाध्यक्ष एवम् सिस्टर सोसाइटी नेफ्स्कून, नेपाल च्याप्टरकी संयोजक शान्ति अधिकारीले सिस्टर सोसाइटीको इतिहास, औचित्य र यसमार्फत महिलाको सीप, क्षमता, नेतृत्व कौशलसँगै सशक्तिकरणमा गर्न सकिने कामहरुबारे सदस्यहरुलाई अभिमुखीकरण गराउनुभएको थियो ।

क्रेडिट युनियनमा आबद्ध महिलाहरुको बिश्व सञ्जाल सिस्टर सोसाइटीले विश्वभरका महिलाहरुबीच साझा मुद्दाहरुमा समान धारणा बनाउन, ज्ञान, शिक्षा र अनुभव आदानप्रदान गर्न सहयोग गर्नुका साथै महिला शसक्तिकरण, लैङ्गिक असमानता र विविध किसिमका विभेद अन्त्य गर्दै महिलाहरुलाई आर्थिक आत्मनिर्भरतातर्फ डोहोर्याउन भूमिका खेल्दछ । नेपालमा विश्व ऋण परिषद्को पहल तथा नेफ्स्कूनको अग्रसरतामा पहिलो पटक सन् २०१७ मा सिस्टर सोसाइटी नेफ्स्कून, नेपाल च्याप्टर गठन भएको जानकारी नेफ्स्कून उपाध्यक्ष अधिकारीले गराउनुभयो । नेपालमा हालसम्म गठन भएका सिस्टर सोसाइटीहरुमार्फत महिला शसक्तिकरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएको पनि उहाँले बताउनुभयो । विश्व ऋण परिषद्ले Global Women's Leadership Network मार्फत सिस्टर सोसाइटीका कार्यक्रमहरुलाई अघि बढाउँदै आएको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र