शुक्रबार, चैत्र १६
११:४७

सिद्धि विनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, मंसीर १७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका २, क्षेत्रपुरस्थित सिद्धि विनायक बचत तथा ऋण  सहकारी संस्थाको १४औं बार्षिक साधारणसभा विहिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । संस्थाका अध्यक्ष थिर प्रसाद धितालको अध्यक्षतामा आयोजित सभामा नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारी, सञ्चालक सदस्य विद्या कोइराला, जिल्ला बचत संघ चितवन, जिल्ला बहुउद्देश्यीय संघका प्रतिनिधि लगायत स्थानीय सहकारी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सभालाई संबोधन गर्दै प्रमुख अतिथि पौड्यालले वित्तीय सहकारी संस्थाले वित्तीय सक्षमता र प्रतिस्पर्धात्मक स्थान हासिल गर्न सम्पूर्ण सेयर सदस्यहरुलाई उद्यमशिलता विकासमा जोड्दै सदस्यहरुको आर्थिक सशक्तिकरणमा भूमिका खेल्न अनुरोध गर्नुभयो । साकोस अभियान जागरण, विकास, व्यावासायिकीकरण, गुणस्तर सुनिश्चितता हुँदै क्रमशः सञ्जालीकरणमा प्रवेश गरिसकेको अवस्थामा सदस्य, संस्था र अभियानलाई एकसुत्रमा बाध्दै सुशासित संस्था सञ्चालनमा प्रतिवद्धताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा संस्थाका शेयर सदस्यहरु बबिलाल तामाङ, निलप्रसाद भेटुवाल, चेतकुमारी शर्मा, डिल्लीप्रसाद ओली, नन्दप्रसाद न्यौपाने, अनिता श्रेष्ठ, कोपिला पराजुली, खिलप्रसाद मिश्र, साकार आचार्य, पूर्णप्रसाद रेग्मी, पम्फा गिरी, बुद्ध टोल विकास संस्थाहरुलाई विभिन्न विद्यामा उत्कृष्टता हासिल गरेकोमा सम्मान, पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियोे । 

संस्थाका सचिव मुकुन्दप्रसाद गौतमले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष जयराम पाण्डेले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।  सभामा महत्वपूर्ण प्रस्तावहरुमा बृहत छलफल र निर्णय गरिनुका साथै सभामा विविध सांस्कृतिक सहकारी गीत तथा नृत्य एवं थारु समुदायको संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र