शुक्रबार, वैशाख ७
०७:२१

फैलदैं विश्व सहकारी अर्थतन्त्रको आयतन 

बुधबार, मंसीर १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

विश्वका ३ सय ठूला सहकारीहरुको सूची World Cooperative Monitor-2021 सार्वजनिक भएको छ । विश्व सहकारीको उपल्लो निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघले हिजो कोरियाली राजधानी सोलमा उक्त सूची सार्वजनिक गरेको हो । वार्षिक कारोबार र कुल ग्राहस्र्थ उत्पादनमा प्रति व्यक्ति आय कारोबार अनुपात गरी २ वटा आधारमा प्रत्येकका शीर्ष १० सहकारीहरुको सूचीसहित १० औं प्रतिवेदन सार्वजनिक गरिएको हो ।

उक्त प्रतिवदेन अनुसार विश्वका ३ सय ठूला सहकारीहरुले आर्थिक वर्ष सन् २०१९ मा कुल २,१८०.०१ विलियन अमेरिकी डलरको वार्षिक कारोबार गरेका छन् । त्यसमध्ये सबैभन्दा धेरै अर्थात् १०२ सहकारीहरुले बिमा र ९८ ले कृषि तथा खाद्य क्षेत्रमार्फत कारोबार सफलता हासिल गरेका हुन् भने थोक तथा खुद्रा व्यापारको क्षेत्रमा ५५ सहकारीहरुले उच्च कारोबार गरेका हुन् । त्यस्तै, कुल ग्राहस्थ उत्पादनमा प्रति व्यक्ति आयको कारोबार अनुपातका आधारमा कृषि तथा खाद्य (९५) र बिमा (९४) क्षेत्रमा उत्तिकै संख्यामा ठूला सहकारीहरुले योगदान गरेका छन् । थोक तथा खुद्रा व्यापारको क्षेत्रमा ५३ वटा सहकारीहरुले राम्रो कारोबार गर्दा  शिक्षा, स्वास्थ्य र सामाजिक कार्यको क्षेत्रमा काम गर्ने १० वटा ठूला सहकारीहरुले पनि कुल ग्राहस्थ उत्पादनको आधारमा प्रति व्यक्ति आयको कारोबार अनुपातमा भूमिका खेलेका छन् ।

‘वल्ड कोअपरेटिभ मनिटर २०२०’ मा विश्वका ३ सय ठूला सहकारीहरुले २.१ ट्रिलयन अमेरिकी डलरको कारोबार गरेको उल्लेख थियो । बार्षिक कारोबारमा १५९ युरोपेली सहकारीहरु, ९५ उत्तर र दक्षिण अमेरिकी सहकारीहरु, ४६ एशिया प्रशान्त क्षेत्रीय सहकारीहरु परेका छन् ।

कुल ग्राहस्थ उत्पादनमा प्रति व्यक्ति आयको कारोबार अनुपातका आधारमा युरोपका १६५ सहकारीहरु, उत्तर र दक्षिण अमेरिकाका ७७, एसिया प्रशान्तका ५७ र अफ्रिकाको १ सहकारीले योगदान गरेका छन् । सबैभन्दा बढी वार्षिक कारोबार गर्ने सहकारी फ्रान्सको ग्रुप क्रेडिट एग्रिकोल बनेको छ । वित्तीय कारोबार केन्द्रीत उक्त उपभोक्ता सहकारीले सन् २०१९ मा ११४.५५ विलियन अमेरिकी डलर कारोबार गरेको थियो । ठूला दशको सूचीमा फ्रान्सको बीपीसीइ सहकारी रहेको छ । सूचीमा ४ फ्रान्सेली सहकारीहरु छन् भने जर्मनीका ३, जापानका २  र अमेरिकाको एउटा सहकारी पनि परेका छन् ।

कुल ग्राहस्थ उत्पादनमा प्रति व्यक्ति आयको कारोबार अनुपातका आधारमा तयार गरिएको १० ठूला सहकारीहरुको सूचीको पहिलो स्थानमा कृषि मल कारोबार गर्ने भारतीय बहुराष्ट्रिय सहकारी इफ्को रहेको छ भने तेस्रो नम्बरमा दुध र दुधजन्य कारोबार गर्ने अर्को बहुराष्ट्रिय भारतीय सहकारी अमुल रहेको छ । ४६२३ कर्मचारी कार्यरत इफ्कोको कुल ग्राहस्थ उत्पादनमा प्रति व्यक्ति आयको कारोबार अनुपात ३,९०५,२३१.५७ रहेको छ । उक्त सूचीमा फ्रान्स, ब्राजिल, जापान, जर्मनी र कोरियाली सहकारीहरु छन् ।

आइसीएले सहकारी तथा सामाजिक उद्यमसम्बन्धी युरोपेली अनुसन्धान संस्था Euricse को प्राविधिक तथा साझेदार संघ संस्थाहरुको आर्थिक सहयोगमा प्रतिवेदन तयार गरेको हो ।


 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।