बिहीबार, वैशाख १३
०४:२४

महालक्ष्मी साकोस २१औं बार्षिक साधारणसभा सम्पन्न

आईतबार, मंसीर १२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

संस्थाको कुल आम्दानी रु. ५ करोड १६ लाख र सदस्यहरुलाई १८ प्रतिशत लाभांश वितरण गर्न सफल

बीरगञ्जको माईस्थानस्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औं बार्षिक साधारणसभा विहिबार सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमको सभापतित्वमा आयोजित सभाको उद्घाटन विरगंज महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पंडित, बीरगञ्ज महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष ध्रुव नेपाल, सदस्य बरिष्ट अधिवक्ता देवेन्द्रलाल नेपाली, सदस्य रितेश गुप्ताले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

आ.व. ०७७/०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमले संस्थाको कुल आम्दानी रु. ५ करोड १६ लाख भएको र सदस्यहरुलाई १८ प्रतिशत लाभांश वितरण गर्न संस्था सफल भएको जानकारी गराउनुभयो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत २१औं बार्षिकोत्सवको अवसरमा गहवामाई मन्दिरको अतिथि सदनलाई पुनसंरचना गर्न रु. ६ लाख खर्च गर्ने घोषणा समेत गरेको छ । 

कार्यक्रममा प्रध्यापक डा. दिपक शाक्यले स्वागत मन्तव्य र अमन राजभण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । संस्थाले ईश्वरचन्द्र गौतमको अध्यक्षतामा ४ बर्षको लागि नयाँ सञ्चालक समिति र प्रद्युम्न प्रसाद सेढाइको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत चयन गरेको छ । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र