शनिबार, वैशाख ८
०३:०६

कास्कूनको आयोजनामा एक दिवसीय 'ऋण परामर्श तालिम'

शनिबार, मंसीर ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) को आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा मंसिर १० गते नेपालटारमा एक दिवसीय 'ऋण परामर्श तालिम' सम्पन्न भएको छ । नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले सहजीकरण गर्नुभएको तालिममा २२ बचत तथा ऋण सहकारी संस्थाबाट २४ जनाको सहभागिता थियो ।तालिम समापन समारोहमा कास्कूनका संचालक एवं गोगंबु सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक राजकुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तालिमबाट सिकेका विषयहरु व्यवहारमा उतार्न र सहकर्मीहरुलाई पनि सिकाउन समापन समारोहका अध्यक्ष खड्काले आग्रह गर्नुभयो । बचत ऋण सहकारी संस्थाले ऋण लगानीको विषयलाई उच्च प्राथमिकतामा राखेर ऋण लगानी पूर्वको ऋण परामर्श गरी पर्याप्त कागजातहरु र साक्षी जमानी सहित लगानी गर्न सचेत हुनु पर्ने धारणा राख्नु भयो । सो अवसरमा उहाँले कास्कूनले नगरपालिकासँग समन्वय गरेर विभिन्न सहकारी शिक्षाका कार्यक्रमहरु ल्याउने योजना अगाडी बढाउने बताउतै सक्रिय सहभागिता हुनेमा विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा अध्यक्ष राजकुमार खड्का तथा सहजकर्ता सुमनराज घिमिरेले संयुक्त रुपमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । समापन समारोह संघका तालिम अधिकृत लव सिंखडाले संचालन गर्नुभएको थियो ।


 

 

 

 

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र