शुक्रबार, चैत्र १६
०१:४२

११ बुँदे घोषणापत्र जारी गर्दै चौथो ललितपुर साकोस समिट २०७८ सम्पन्न

शुक्रबार, मंसीर १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

गोदावरी, ललितपुर । बचत तथा ऋण सहकारी अभियानलाई सुदृढ, दिगो एवम् मर्यादित बनाउने उद्देश्यसहित ११ बुँदे घोषणा पत्र जारी गर्दै चौंथो ललितपुर साकोस समिट २०७८ आज गोदावरीमा सम्पन्न भएको छ । ३ दिने सम्मेलन ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आयोजना गरेको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) ले उद्घाटन गर्नुभएको समिटको समापन बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा आज भएको हो । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाईको अध्यक्षतामा सम्पन्न समिटले साकोस अभियानलाई मार्गनिर्देशित गर्ने गरी घोषणा पत्र जारी गरेको हो । उक्त घोषणा पत्र अभियानको शीर्ष निकाय, विषयगत केन्द्रित निकायसँगै नियामक निकायलाई पनि बुझाइने जानकारी समापन कार्यक्रममा गराइएको थियो । ४ वटा समूहमा विभक्त गरी सहभागीहरुको सुझावहरु समेतलाई आधार गरी ११ बुँदे घोषणा पत्र जारी गरिएको हो ।

समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सहकारीको प्रदेश सम्पर्क कार्यालय ललितपुर जिल्लामा चाँडै खोलिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सहकारीकर्मीहरुको उक्त माग सम्बोधन गर्न ललितपुरमा प्रदेश सहकारी कार्यालय चाँडै खोलिने बताउनुभएको हो । मुख्य मन्त्री पाण्डेले सहकारी क्षेत्रलाई राज्यले अन्याय गरेको बताउनुभयो । ‘राज्यले सहकारीलाई बक्रदृष्टिले हेरेको छ’,उहाँले भन्नुभयो, त्यो मैले मैले जति अरु कसले भोगेको छ र ?’ सरकार, नीजि क्षेत्र र सहकारीमार्फत आर्थिक संमृद्धि हासिल गर्न सकिने उहाँको धारणा थियो । सहकारी खिर्राको खम्बा जस्तै भएकाले अर्थतन्त्र कमजोर भएको बताउँदै मुख्य मन्त्री पाण्डेले सहकारीकर्मी मात्रै भएर नपुग्ने संसदमा पनि सहकारीकर्मीको उपस्थिति आवश्यक भएको औल्याउनुभयो । सहकारी आन्दोलन बलियो बनाउन संसदमा प्रतिनिधित्व हुनुपर्नेगरी सहकारी अभियान लाग्नुपर्नेमा उहाँको जोड थियो ।

सहकारीलाई बलियो बनाउन सहकारीकर्मी अझै लाग्नुपर्ने उहाँले बताए । सहकारी ऐन, कानुन अक्षरशः पालना गर्नुपर्ने उहाँको भनाइ थियो । ‘सहकारीको ऐन, नियमावली पालना नगरी आफ्ना कम्पनीमा पठाउने, जग्गा किन्ने मनोमानी गरेकाले अहिले केही साथीहरु जेल गएका छन्’ उहाँले भन्नुभयो, ‘यसले सहकारीप्रति अविश्वास सिर्जना गरेको छ ।’

उहाँले भन्नभुयो, ‘सहकारीलाई विश्वास गर्ने वातवारण नेतृत्वले गर्नुपर्छ ।’ परिवारका सदस्यलाई थाहै नदिई सहकारीमा पैसा राखिएकोे तर सहकारीले विश्वास तोडेको उनको भनाइ छ । विश्वास घटाउन नियमनकारी निकाय बलियो बनाउनुपर्ने उहाँले बताउनुभयो । ‘सहकारीले पारदर्शी कारोबारमा ध्यान दिनुपर्छ’ उहाँले भन्नभुयो, ‘ पारदर्शी कारोबार भएमा सिष्टम जान सहज हुन्छ।’ 

९ कक्षादेखि १६ कक्षासम्म ५० पूर्णको सहकारी पाठ्यक्रम राख्नुपर्ने उहाँले बताउनुभयो । सहकारीमा ब्याजदरको समस्या अन्त्य हुन नसकेको बताउनुभयो । तहपिच्छे ऐन, कानुन बनेको भन्दै सिष्टममा कानुन बन्नुपर्ने उहाँको भनाइ थियो । २५ जना व्यक्ति मिलेर सजिलै दर्ता गर्न सकिने व्यवस्थाले सहकारी खोलिएको र डुबे भने सरकारले जिम्मेवारी लिन मिल्छ ?’ उहँको प्रश्न थियो ।

सहकारीलाई नियमन, रोजगारी, उत्पादनका विषयमा सोच्नेगरी प्रदेशस्तरमा छुट्टै सहकारी मन्त्रालय बनाउन लागिएको उहाँले बताउनुभयो । रेमिट्यान्स तीनगुणा बढी ल्याउने गरी तीन महिनो सीपमूलक आवासीय तालिम दिने व्यवस्था गर्न लागिएको पनि मुख्यमन्त्री पाण्डेले बताउनुभयो । सहकारीका बाधक कानुनी तथा नीतिगत व्यवस्था संशोधन गर्न पहल गर्ने उहाँले विश्वास दिलाउनुभयो । एउटै घरमा तीनथरीका सहकारीले तीनथरी ब्याज दिने प्रलोभन देखाउने गरेकाले त्यस्तो विकृति रोक्न अभियानले भूमिका खेल्नुपर्ने उहाँको आग्रह थियो । बदलिदो परिस्थिति अनुसार सहकारी ऐन, निमायवली, विनियमालीबारे अध्ययन गर्नुपर्ने भन्दै मुख्यमन्त्री पाण्डेले सहकारीका उत्पादन बिक्री गर्नका लागि ट्रेडमार्कको व्यवस्था गर्न पहल गर्ने उल्लेख गर्नुभयो । 

राष्ट्रिय सहकारी महासंघका लेखा सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले सहकारी पारदर्शी हुन नसकेको बताउनुभयो । ‘सहकारी डुब्नै हुन्न’ उहाँले भन्नुभयो, ‘डुब्नेगरी सहकारी चलाउन हुन्न ।’सहकारी चलाउनेहरुले डुबाउन नहुने, डुबे जेल जानुको विकल्प नहुने बताउनुभयो ।खराब ऋणीलाई कारवाही गर्न सरकारले ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । सहकारी जनताको जीवनसँग जोडिएकाले सबैले महत्व दिन सके समृद्ध नेपाल निर्माण गर्न सकिने बताउनुभयो । सहकारीका निम्ति स्वर्ण अवधि बनाउनुपर्ने उहाँको भनाइ थियो । बागमती प्रदेश सांसद शोभा शाक्यले बैंक तथा वित्तीय संस्था धराशायी हुँदा राष्ट्रबैंकले जिम्मा लिएजस्तै सहकारी समस्यामा पर्दा सरकारले जिम्मा लिनुपर्ने बताउनुभयो । सहकारीप्रति राज्यको दृष्टिकोण नपुगेको उहाँको भनाइ थियो ।

बागमती प्रदेशसभा सदस्य माधव पौडेलले नेपालको समृद्धिको र रोजगारी सिर्जनाका लागि सहकारी महत्वपूर्ण आधार भएको बताउनुभयो । ठोस कार्यक्रम ल्याएर सहकारीलाई गतिशीलता प्रदान गर्नुपर्ने उहाँको भनाइ थियो । बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले अनुगमन गरिएका ५ प्रतिशतमध्ये एक प्रतिशत भयंकर समस्यामा रहेको बताउनुभयो । बागमतीलाई सुधार गर्न सके देशकै सहकारीलाई सुशासन र सिष्टममा ल्याउन सकिने उहाँको आशय थियो ।‘सहकारीको विकृति कसरी हटाउने भन्नेमा सबैको ध्यान जानुपर्छ’उहाँले जोड दिनुभयो ।तीनैतहका सरकार र सहकारी अभियान मिलेर विकृति न्यूनिकरण गर्नुपर्ने उनको आग्रह थियो । सहकारीभित्रको विकृति हटाउनैपर्नेमा उहाँको विशेष जोड थियो ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाले सहकारीमैत्री कानुन निर्माणमा जोड दिनुभयो । स्थानीय तहमा संघीय ऐन, नियमसँग बाँझिएको भन्दै संशोधनको पहलका लागि प्रमुख अतिथिको ध्यानाकर्षण गराउनुभयो । बागमती प्रदेशले दृष्टिबन्धक दस्तुर घटाउन, जग्गा खरिद गर्न सहकारी महाशाखाले सिधैँ लेखिपठाउने, प्रदेशलाई गरिएको १५ प्रतिशत टिडिएस ५ प्रतिशतमा झार्नुपर्ने उहाँको भनाइ थियो ।

संघका सल्लाहकार तथा ललितपुर जिल्ला सहकारी संघका उपाध्यक्ष रामशरण बस्नेतले शिक्षा, तालिम र सूचनाले सदस्यको जीवन बदलिने बताउनुभयो ।  नीतिगत व्यवस्था गर्न सके सहकारीले औद्योगिक क्रान्ति गर्न सक्ने बताए । आयोजक लतिपुर जिल्ला बचत संघका अध्यक्ष रामहरी बजगाईले सहकारीमार्फत सञ्चालकले मनोमानी गरेको आरोप लगाइने काम भएको गुनासो गर्नुभयो । प्रदेशको कार्यालय उपत्यकामा राखेर १५÷१५ दिन उपत्यका र हेटौडाबाट काम हुनेगरी कार्यालय व्यवस्थापन गर्नुपर्ने उहाँको आग्रह थियो । ललितपुर सहकारीको उर्वर भूमि भएको भन्दै अध्यक्ष बजगाईले सहकारीमार्फत रुपान्तरणको अभियान ललितपुरले सुरु गर्ने उद्घोष गर्नुभयो ।

सबैका लागि एक र एकका लागि सबै आत्मसात नभई व्यक्ति केन्द्रित भएको र निश्चित व्यक्ति मात्रै धनी बन्ने गरेको उहँको भनाइ थियो । राजनीतिक हिसाबले कसले के गर्न सक्छ भन्ने भाव सहकारीमा रहको उनले बताए ।नियमन निकाय बलियो नभई सहकारी सुदृढीकरण हुने बताए । 

नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालले सहकारी सुधार गर्न कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । ललितपुर जिल्लाका सहकारीले पनि सफलताका कथा कोर्न सफल हुनुपर्ने भन्दै पत्रकारिता जगत सहकारी अभियानसँग हातेमालो गर्न तयार रहेको बताउनुभयो । जिल्ला संघका सचिव श्यामकृष्ण महर्जनले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रत्ना बर्जाचार्य स्वागत गर्नुभएको थियो । 

यअघि आज बिहानी सत्रमा सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारी, नेफ्स्कूनका पूर्व अध्यक्ष एवम् अग्रज सहकारीकर्मी ऋषिराज घिमिरे, बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत केबी लामा, नेफ्स्कूनका प्रशासन तथा सामान्वय सञ्चालन विभाग प्रमुख सञ्जयराज तिमिल्सिना, लगायतका अतिथिहरुसँगै जिल्ला संघका सञ्चालक समितिका पदाधिकारी एवम् सदस्यहरु तथा व्यवस्थापनको सहभागिता थियो ।

आज अन्तिम दिन सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले साकोसमा संस्थागत सुशासनसम्बन्धी अवधारणा, मापदण्ड, विकास र प्रयोग विषयमा, नेफ्स्कूनका पूर्व अध्यक्ष एवम् अग्रज सहकारीकर्मी ऋषिराज घिमिरेले क्रेडिट युनियनमा नेतृत्वलाई बढावा विषयमा, बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत केबी लामाले सफल सहकारी संस्थाको सफलताको कथा सम्बन्धी छुट्टाछुट्टै प्रस्तुतिकरण गर्नुभएको थियो भने नेफ्स्कूनका प्रशासन तथा सामान्वय सञ्चालन विभाग प्रमुख सञ्जयराज तिमिल्सिनाले समिटका सहभागीहरुलाई विभिन्न समूहमा विभक्त गरी प्रजातान्त्रिक तवरबाट संयुक्त घोषणा पत्र तयारीका लागि सहजीकरण गर्नुभएको थियो । 

समापन समारोहका अध्यक्ष एवम् ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाईले ३ दिने साकोस समिट भव्य र सफलतापूर्वक सम्पन्न भएको दाबी गर्दै त्यसका लागि प्रत्यक्ष परोक्ष सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

पहिलो दिनको उद्घाटन सत्रमा उर्जा, जलस्रोत तथा उर्जा मन्त्री पम्फा भुषाल, राष्ट्रिय सहकारी महासंघ लि.नेपालका अध्यक्ष मिनराज कडेल, पूर्व मन्त्री एवम् राष्ट्रिय सहकारी महासंघ लिका संस्थापक अध्यक्ष दिपक प्रकाश बाँस्कोटा, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष परितोष पौड्याल, कोषाध्यक्ष दिपक पनेरु, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, ललितपुरका विभिन्न क्षेत्रका संघीय सांसदहरु, स्थानीय निकायका मेयर, अध्यक्षहरु, सहकारी शाखा प्रमुखहरुसँगै जिल्लाभरका बचत तथा ऋण सहकारी संस्थाका सहभागीहरु लगायतको उपस्थिति थियो । समिटमा सहकारी र साकोस अभियानका सामयिक विषयवस्तुहरुमा विज्ञ व्यक्तित्वहरुद्वारा करिब दर्जन कार्यपत्र प्रस्तुत भएका थिए । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र