शुक्रबार, चैत्र १६
०२:३८

रामकोट साकोसको आयोजनामा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

शुक्रबार, मंसीर १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

धादिङ । नेफ्स्कूनको प्राविधिक सहयोगमा रामकोट बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा १२औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । धादिङबेसीमा हिजो सम्पन्न कार्यशालामा जोखिममा आधारित सुपरिवेक्षण कार्यक्रम CURBS मा आबद्ध धादिङबेसी क्लस्टरका साकोसहरुको सहभागिता थियो ।

रामकोट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निलकण्ठ नगरपालिका ८ का वडा अध्यक्ष गुण बहादुर थपलियाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यशालालाई नेफ्स्कूनका तालिम अधिकृत सन्दिप ढकाल र धादिङ बचत तथा ऋण सहकारी संघका व्यवस्थापक गोकर्ण दुवाडीले सहजीकरण गर्नुभएको थियो ।

कार्यशालामा रामकोट साकोस, निलकण्ठ महिला साकोस, भैरवी साकोस, हिमाल साकोस, स्वस्तिक साकोस, नसिक साकोस, शिबज्योती महिला साकोस र ज्योती महिला विकास साकोसको सहभागिता थियो । कार्यक्रममा आयोजक संस्था रामकोट साकोसका संचालक, CURBS कार्यदलका प्रतिनिधि र व्यवस्थापन कर्मचारीको उपस्थिति थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र