बुधबार, वैशाख १२
०९:५३

सदस्य सन्तुष्टी र सहयात्री सम्बन्ध

बिहीबार, मंसीर ९
राधा पौडेल
saccosaawaj

काठमाडौं । स्याङ्जाको पुतलीबजार नगरपालिका बाड्खोलामा अवस्थित सहयात्री बचत तथा ऋण सहकारी संस्था करिब १९ सय सदस्यहरुको वित्तीय सहयात्रामा सहयात्री बनेको छ । सदस्य सन्तुष्टी नै सहयात्रीको सफलता भन्ने लक्ष्यका साथ आजभन्दा करिब १० बर्ष अगाडि स्थापित सहयात्रीले सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक स्तर बृद्धि गरी समुन्नत समाज निर्माणको योजना बुनेको थियो । 

काम र पढाइको सिलसिलामा विभिन्न सहरमा छरिएर रहेका स्थानीय युवा र सहपाठी साथीहरुलाई पुरर्मिलन गराउँदै सामाजिक सेवाको कार्यमा सहयात्रा गर्ने उद्देश्यसहित २०६९ साल साउन २९ गते स्थानीय ३५ युवाहरुको सक्रियतामा सहयात्री बचत तथा ऋण सहकारी संस्थाको जन्म भएको थियो । संस्थापक अध्यक्ष अज्योदा शाक्य भन्नुहुन्छ,“ युुवाहरुको ससानो प्रयास र एकता भावले आज सहयात्री जन्म्यो, जसले स्थानीय सदस्यहरुका सम्पूर्ण वित्तीय आवश्यकताहरु स्थानीय तहमै परिपूर्ति गर्ने लक्ष्यमा दृढताका साथ लागेको छ ।” उहाँले भन्नुभयो, “सदस्य सन्तुष्टी नै सहकारीको सफलता भन्ने मुल ध्येयका साथ सहकारीको मुल्य, आदर्श र सिन्द्धान्तको परिपालनामा जोड दिँदै आएको सहयात्रीले स्थानीय जनसमुदायको उत्थान र आर्थिक सशक्तिकरणका लागि पहल गर्दै वित्तीय सफलतातर्फ उक्लने प्रयासमा छ ।” 

सहयात्रीको १० बर्षे यात्राले सहकारी भाव सिकाएको छ, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र विभिन्न समिति, उपसमितिमा सहकार्यको सिद्धान्तमा काम गर्ने कौशल विकास भएको छ । विभिन्न समयमा सदस्यहरुलाई परेको संकट व्यवस्थापनका लागि पनि संस्थाले सामाजिक उत्तरदायित्वका क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको छ ।  

संस्थाको १ करोड २७ लाख  ९९ सय हजार सेयर, १ करोड ४२ लाख १९ हजार बचत, ८ करोड १६ लाख ऋण लगानी, जगेडा कोष र अन्य कोष १५ लाख  गरी संस्थाको कुल सम्पत्ती १० करोड १३ लाख पुगेको छ । 

नीति, विधि र प्रविधि प्रयोगमा पनि अभ्यस्त बन्ने सोचका साथ संस्थाले मोवाइल बैंकिङ सेवाको तयारीमा लागेको छ भने नीति निर्माणको क्रमलाई निरन्तरता दिँदै संस्थाको बचत नीति, ऋण नीति, प्रशासन नीति पनि संशोधनको प्रक्रियामा छ । संस्थाका व्यवस्थापक माधव पुरी भन्नुहुन्छ, “संस्थाको सबैभन्दा महत्वपूर्ण पाटो भनेको नियमित बचत सदस्यहरुको संख्या आशलाग्दो छ, भने ऋण लगानीका प्रक्रियाहरु पनि कम झन्झटिला रहेको हुँदा सदस्यहरु वित्तीय कारोबारमा सहज र सन्तुष्ट हुनुहुन्छ ।” सहकारीले समुदायमा वित्तीय शिक्षाको ज्ञान फैलाउन समय समयमा सदस्य शिक्षा शिविरको पनि आयोजना गर्दै आइरहेको छ । त्यसैगरी अभिभावक संघ नेफ्स्कून र स्थानिय निकायले सञ्चालन गरेका सञ्चालक क्षमता अभिवृद्धि र कर्मचारी क्षमता अभिवृद्धि तालिमहरुमा पनि सहभागिता जनाउने अवसर मिलेको व्यवस्थापक पुरीले जानकारी गराउनुभयो । त्यसैगरी नेफ्स्कूनद्वारा प्रवर्धित साकोस गुणस्तर सुधारको कार्यक्रम कर्ब्स (जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम) आवद्धताका लागि पनि पहिलो चरणको छलफल भएको छ, उहाँले भन्नुभयो । 

संस्थापक सेयर सदस्य स्थानीय व्यवसायी रामभक्त श्रेष्ठ भन्नुहुन्छ, सहयात्री बचत तथा ऋण सहकारी संस्थाले स्थानीय समुदायमा राम्रो छाप छोडेको छ, सानो भएपनि निरन्तर प्रयास गर्दै सदस्यहरुको दुःख, सुखमा साथ दिएको छ ।” संस्थाले अब आफ्नै भवन किनेर सदस्यता बृद्धि र बचत बृद्धिमा जोड दिनुपर्छ भन्ने लाग्छ, हामी बेला बेलामा संस्थालाई आवश्यक सल्लाह पनि दिँदै आइरहेका छौं । 

अर्का व्यवसायी अर्थात सहयात्रीका सदस्य सरोज गुरुङ भन्नुहुन्छ, “सदस्य हितमा काम गर्ने सहकारी हो सहयात्री । सदस्यको मायाले नै सहयात्री र सदस्यको सम्बन्ध गाँसिएको छ । यसलाई अझ राम्रो र दीगो बनाउन सदस्यहरुकै साथ सहयोगको खाँचो छ ।”

संस्था यस बर्ष अधिवेशन सहितको बार्षिक साधारणसभाको अन्तिम तयारीमा छ । स्थानीय राजनीतिक माहोल तातिएकोले तोकिएको समयमा साधारणसभा असम्भव भएपछि पुस ३ गते अधिवेशन सहितको बार्षिक साधारणसभाको मिति तय भएको पनि अध्यक्ष शाक्यले जानकारी गराउनुभयो । गत १० बर्षदेखि भाडाको भवनमा सञ्चालनमा रहेको सहयात्रीले अब आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने गरी तयारी भवन खरिदका लागि प्रक्रिया अगाडि बढाएको छ , उहाँले भन्नुभयो, “सबल र सक्षम संस्था निर्माण गरी एक संस्था एक सदस्य कायम गर्न पनि हामीले साना साना सहकारी एकीकरण हुनुपर्छ भन्नेमा जोड दिएका छौं । साना एक दुई सहकारी मर्ज भएर अगाडि बढ्ने विषयमा पनि संस्थाको सोच रहेको छ ।” 

संस्थाले सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुलाई सेतो छडी वितरण, अस्पतालका विमारीहरुलाई फलफूल तथा भिटामिनयुक्त खानेकुरा वितरण, खानेपानीको जार, फिल्टर, फिल्टर स्ट्यान्ड वितरण, बृद्धआश्रममा खाद्यान्न वितरण, निशुल्क दन्त शिविर कार्यक्रम, अनाथ आश्रममा बालाबालिकाहरुलाई खाद्यान्न सामग्री एवम् झोला वितरण, भूकम्प पीडितहरुलाई राहत सामग्री वितरण, कोभिड महामारीका समयमा मास्क वितरण लगायतका कार्यक्रमहरु गरेको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र