शुक्रबार, वैशाख ७
०३:५५

उपराष्ट्रपति पुनद्वारा चौथो ललितपुर साकोस समिट २०७८ को उद्घाटन

बुधबार, मंसीर ८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

गोदावरी, ललितपुर । चौथो ललितपुर साकोस समिट २०७८ आजबाट गोदावरीमा शुरु भएको छ । ३ दिने सम्मेलनको आज बिहान एक समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) ले उद्घाटन गर्नुभएको छ । आयोजक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाईको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भूषाल, राष्ट्रिय सहकारी महासंघ लि.नेपालका अध्यक्ष मिनराज कडेल, पूर्व मन्त्री एवम् राष्ट्रिय सहकारी महासंघ लिका संस्थापक अध्यक्ष दिपक प्रकाश बाँस्कोटा, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष परितोष पौड्याल, कोषाध्यक्ष दिपक पनेरु, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, ललितपुरका विभिन्न क्षेत्रका संघीय सांसदहरु, स्थानीय निकायका मेयर, अध्यक्षहरु, सहकारी शाखा प्रमुखहरुसँगै जिल्लाभरका बचत तथा ऋण सहकारी संस्थाका सहभागीहरु लगायतको उपस्थिति थियो । 

कार्यक्रममा उपराष्ट्रपति पुनले संवैधानिक मान्यता प्राप्त सहकारी क्षेत्रलाई राज्यले प्रोत्साहन गरेको बताउँदै थप प्रोत्साहनको आवश्यकतामा जोड दिनुभयो ।  उहाँले सहकारी अभियानको मागलाई ध्यानमा राख्दै यस क्षेत्रको लागि कर्जा सूचना केन्द्र स्थापनाको लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सहकारीले बचत परिचालन, राष्ट्रिय पुँजी निर्माणसँगै आर्थिक सामाजिक रुपान्तरणमा योगदान पुर्याएपनि केही सहकारीहरुको सुशासनको समस्याका असर सम्पुर्ण सहकारी क्षेत्रले भोग्नुपरेको भन्दै उहाँले आवश्यक नियमित नियमनका लागि नियामक निकायको ध्यानाकर्षण गराउनुभयो । उपराष्ट्रपति पुनले सहकारी व्यवस्थापन चुनौतीपूर्ण भएको भन्दै यसतर्फ पनि सरकारी निकायको ध्यानाकर्षण गराउनुभयो । 

बिशिष्ट अतिथि उर्जा, जलश्रोत तथा सिचाई मन्त्री पम्फा भूषालले सहकारीको क्षेत्रको उत्थानको निम्ति सरकारले उचित ध्यान दिएपनि अपुग हुनसक्ने भएकाले बेला बेलामा घच्घच्याइरहनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीमार्फत आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुग्ने औंल्याउँदै केही सहकारीमा देखिएको समस्याका कारण सम्पूर्ण क्षेत्रले आक्षेप खेप्नुपरेको धारणा राख्नुभयो । सहकारीमार्फत कृषि तथा उत्पादनको क्षेत्रमा लाग्नुपर्नेमा जोड दिदैं विद्युतीय चुलो तथा सवारीसाधनको प्रयोग बढाउने अभियानमा सहयोग गर्न सहकारी अभियानसँग आग्रह गर्नुभयो । उहाँले समिटले जारी गर्ने घोषणा पत्रमा सरकारले गर्नुपर्ने कामहरुको बारेमा पनि उल्लेख गर्न आग्रह गर्दै त्यसलाई लागू गराउन आफुले पहल गर्ने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले नियमन गर्ने जिम्मा सरकारको भएको बताउँदै अनुगमन, निरिक्षणका विषयमा साझा धारणा बनाएर सहकारीहरुलाई मर्यादित र सुशासित बनाउन सकिने बताउनुभयो । सहकारीको भिजन पेपर तयारी हुँदै गरेको बताउँदै उहाँले त्यसमा अभियानबाट आवश्यक पृष्ठपोषणले पेपरलाई थप परिस्कृत बनाउने दाबी गर्नुभयो । यसैगरी, उहाँले सन्दर्भ ब्याजदरका बारेमा पनि आज बस्ने समितिको बैठकमा सघन छलफल हुने र राज्य र अभियानको भावना अनुरुपका निर्णयहरु गरिने जानकारी गराउनुभयो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष कडेलले सहकारीमार्फत धेरै राम्रा कामहरु भएपनि केही सहकारीहरुको सुशासनमा समस्या देखिएको बताउँदै त्यसले नकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो । उहाँले सरकार र अभियानका तर्फबाट पनि सहकारीको प्रवर्धनमा कमी भएको बताउँदै आ आफ्नो भूमिका निर्वाहमा जिम्मेवार हुनुपर्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले अभियानमा खोज, अनुसन्धान, नयाँ खोज आवश्यक भएको भन्दै सुशासन र प्रविधियुक्त सेवालाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले सन्दर्भ ब्याजदरको विषयमा आज विभागमा छलफलको तयारी भएको बताउँदै बैठकले अभियानको भावना प्रतिबिम्बित गर्ने विश्वास दिलाउनुभयो ।राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीलाई राज्यकातर्फबाट आवश्यक सहयोग नभएको गुनासो गर्नुभयो । 

कार्यक्रममा प्रमुख अतिथि उपराष्ट्रपति पुनले सहकारी अभियानमा लामो र महत्वपूर्ण योगदान पुर्याएबापत पूर्व मन्त्री, राष्ट्रिय सहकारी बिकास बोर्डका पूर्व अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दिपक प्रकाश बाँस्कोटालाई अभिनन्दन गर्नुभएको थियो । समिट अन्तर्गत अहिले कार्यपत्र प्रस्तुतिको कार्यक्रम सुरु भएको छ ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र