बिहीबार, वैशाख १३
०५:३९

भरतपुरको सजिलो साकोसको १० औं वार्षिक साधारण सभा

सोमबार, कात्तिक १
साकोसआवाज प्रतिनिधि
saccosaawaj

चितवन । भरतपुर २३, कृष्ण चोक अबस्थित सजिलो बचत तथा ऋण सहकारी संस्थाको १० औँ बार्षिक साधारण सभा सुरु भएको छ । संस्थाले कोभिड १९ महामारीलाई ध्यानमा राखेर असोज २१ गते शुक्रबार देखि इकाई साधारणसभा सुरु गरेको हो । सदस्यता नम्बरको आधारमा सदस्यहरुलाई बिभाजन गरी साधारण सभा सुरु गरिएको हो ।

असोज २२, २३ र २४ गते इकाई साधारणसभा गरिएको छ भने कात्तिक ३ गते प्रतिनिधिमूलक साधारण सभा हुने संस्थाका अध्यक्ष मिन बहादुर परीयारले बताउनुभयो । कोभिड १९ को जोखिमबाट बचेर साधारणसभा सम्पन्न गर्न भरतपुर महानगरले जारी गरेको सहकारी सस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका २०७७ अनुरुप संस्थाले साधारण सभा सुरु गरेको अध्यक्ष परीयारको भनाई थियो । साथै उहाँले कार्यक्रमलाई सम्बोधन गदैँ सहकारीको प्रगतिमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि साथ र सहयोगको निरन्तरता रहने अपेक्षा रहेको बताउनुभयो। इकाई साधारण सभामा सदस्यहरुको सुझाब सङकलन गरिएको छ । शुक्रबार सम्पन्न इकाई साधारणसभाका प्रमुख अतिथि सस्थाका सस्थापक अध्यक्ष तोयनाथ पौडेल तथा बिशिष्ट्र अतिथि सस्थाका पुर्व अध्यक्ष कृष्ण श्याम गिरी रहनुभएको थियो । सस्थाका सचिब लिलानाथ न्यौपानेले सहजिकरण गर्नुभएको कार्यक्रम अध्यक्ष मिन बहादुर परीयारको सभापतित्वमा सम्पन्न भएको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र