बुधबार, वैशाख १२
०२:०३

‘बचत तथा ऋण परिचालन’ कोर्ष उत्कृष्ट रहेछ

आईतबार, असोज ३१
रञ्जनमणि पौड्याल
saccosaawaj

हरेराम आचार्य
ऋण अधिकृत
श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लि.


म २०६७ साल बैशाख ४ गतेबाट जागिरे जीवन प्रवेश गरेपनि सहकारी क्षेत्रमा भने २०७२ साल जेठ १ गतेबाट प्रवेश गरेको हुँ । मेरो सहकारी जीवनको सुरुवात नै पनौती न.पा वडा नं.९ सुन्थानस्थित श्री नवदुर्गा साकोसबाट भएको हो । खासमा श्री नवदुर्गा साकोसका पूर्व अध्यक्ष यज्ञ प्रसाद हुमागाईको प्रेरणाले सहकारी क्षेत्र प्रवेश गरेको हुँ । हाल म साकोसमा ऋण अधिकृत पदमा कार्यरत छु ।

मेरो विचारमा सहकारी यस्तो क्षेत्र हो जसको माध्यमबाट आफ्नै घर, गाउँ, टोल र कार्यक्षेत्र भित्रका सदस्यहरुलाई वित्तीय एवम् सामाजिक क्षेत्रमा प्रशस्त सहयोग गर्न सकिन्छ । समाजसेवा गर्ने विचार बोकेलाई एक सहज र प्रभावकारी माध्ययम हो यो । त्यसैले, समाज सेवाको प्रशस्त लेप लागेको सहकारी क्षेत्रमै जीवन बिताउने बिचार गरेको छु । 
 
सहकारी क्षेत्रमा लागेपछि व्यक्तिगत र संस्थागत उन्नयनका लागि विभिन्न तालिम र शिक्षाका अवसरहरुलाई सदुपयोग गर्दै आएको छु । यसै क्रममा, नेफ्स्कूनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को सम्बन्धनमा सञ्चालन गरेको छोटो अवधिको प्रामाणिक ‘बचत तथा ऋण परिचालक कोर्ष’ गर्ने उत्कट इच्छा प्रमुख कार्यकारी अधिकृत, सहकर्मीहरुसँगै परिवारका सदस्यहरुलाई जानकारी गराएँ । उहाँहरुसँगै सबै शुभ चिन्तकहरुबाट सकारात्मक प्रतिक्रिया र हौसला प्राप्त गरेँ । यसले सरकारी मान्यताप्राप्त यो कोर्ष गर्न थप उर्जा मिल्यो । 

मुख्यतयाः आफु आबद्ध क्षेत्रको ज्ञानमा थप निखारता ल्याई सहकारी माध्यमबाट आफ्नै गाउँ टोल, बस्ती र सहरमा वित्तीय शिक्षा र सेवा प्रदान गर्न आवश्यक सक्षमता वृद्धि गर्न ४० घन्टे कोर्ष गर्ने निधो मैले गरेको थिए । यसमा सबैको सहयोगले पढ्ने इच्छामा प्वाँख थपियो ।

कोर्ष सुरु भयो । कोभिड महामारीका कारण भौतिक कक्षा सञ्चालन सम्भव नभएकोले अभौतिक रुपमा जोडियौं । कक्षा लिन कुनै असहज भएन । पहिलो पटक भर्चुअल कक्षाको अनुभव लिन पाउँदा निक्कै खुसी लाग्यो । प्रविधिको उच्चतम प्रयोग गर्दै केही सिक्न पाउँदा, सिक्ने चाहनालाई दुरीले केही असर नगर्दो रहेछ भन्ने महसुस गरेँ । लामो समयदेखि सहकारी क्षेत्रमा आबद्ध र विषयवस्तु बारे विज्ञता हासिल गर्नु भएका प्रशिक्षकहरुले कक्षा सञ्चानल गर्नु भएको थियो जसले गर्दा ४० घण्टा बितेको थाहा नै भएन । सम्भवतः कोभिडकै कारण व्यवस्थापकीय कठिनाइले गर्दा बाहिरी प्रशिक्षक वा ‘गेष्ट लेक्चरर’ को भने व्यवस्था थिएन । भौतिक उपस्थितिमा कक्षा लिने अवसर प्राप्त भएन तर पनि भौतिक रुपमै कोर्ष गर्न पाएको भए अझै प्रभावकारी हुन्थ्यो कि भन्ने चाहि पक्कै लाग्यो । 

‘बचत तथा ऋण परिचालन’ कोर्ष निक्कै महत्वपूर्ण र सहकारीमा कार्यरत कर्मचारीहरु एव वित्तीय क्षेत्र आबद्धहरुलाई दैनिक कार्य सम्पादन गर्न आवश्यक विषयवस्तु समावेश गरी तयार गरिएकोले  उत्कृष्ट कोर्ष भएको अनुभव गरेँ । यस कोर्ष अन्तर्गत हामीले समुह परिचालन, विभिन्न निति तयार प्रकृया, बचत तथा ऋण परिचालन निर्देशिका निमार्ण, ग्रामिण अवस्थाको अध्ययन, बचत तथा ऋणको नयाँ योजना निर्माण, व्यवसाय छनौट तथा पहिचान, सहकारी विनियम सम्बन्धी समुह छलफल, आदि विषयहरु अध्ययन गर्यौं ।

महत्वपूर्ण सिकाइहरुको कुरा गर्दाः प्रविधिको उच्चतम प्रयोग गर्न, बचत तथा ऋण परिचालन निमित्त आवश्यक निति,कार्य विधि तयार गर्न, बचत तथा ऋण परिचालनका लागि क्षेत्र पहिचान गर्न, बचत तथा ऋण परिचालन का लागी उचित प्रडक्ट तयार गर्न, सहकारी ऐन र नियमावलिको महत्व र कार्यन्यनका सम्वन्धमा, प्रतिवेदन लेखन आदि रहेँ । कोभिड संक्रमणको जोखिम कायमै रहेको अवस्थामा पनि आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थित रुपमा कक्षा व्यवस्थापन गरिएको थियो ।

हाम्रो अन्तिम परिक्षा पनि सकिएको छ । समग्रमा लिखित परिक्षा राम्रो भएको छ । समय र कार्य व्यस्तताका कारण प्रयोगात्मक र प्रतिवेदन लेखन कार्य पुर्ण सम्पन्न गर्न सकिएन । तर पनि समग्रमा नतिजा भने राम्रो अपेक्षा गरेको छु ।

यो कोर्ष गरेपछि अब म कार्यालयलाई आवश्यक नीति एवम् कार्यविधि स्वयम् तयार गर्न सक्षम भएको छु । मासिक वा त्रैमासिक रुपमा वित्तीय बजार अध्ययन गरी कार्यालयमा प्रतिवेदन पेश गर्न सक्ने, सहकारी ऐन र नियमावलीको कार्यान्वयनमा बिशेष महत्वका साथ लाग्न  र अरुलाई पनि लगाउन सल्लाह एव हौसला दिलाउन सक्ने भएको अनुभव गरेको छु । यस्तै, बजारमा आवश्यक प्रडक्ट तयार गर्न कार्यलयमा सहयोग गर्न, सहकारी क्षेत्रलाई अझै नीति , विधि र प्रविधिमैत्री बनाउन सहयोग गर्न सक्ने भएको छु भन्नेमा विश्वस्त छु ।


सहकारी क्षेत्रलाई नै ‘करिअर’ बनाउने वा वित्तीय क्षेत्रमा कार्य गर्ने सपना बोकेकाहरुलाई यो कोर्ष निकै महत्वपूर्ण र दैनिक कार्य सम्पादन गर्न एकदमै सहज हुने भएकाले अनिवार्य गर्न हाद्र्धिक अनुरोध गर्दछु ।

सहकारी क्षेत्रमा आबद्ध भए पश्चात मेरो जीवनशैलीमा आमुल परिर्वतन आएको छ । मेरो मात्र नभई मेरा परिवारका सदस्यको समेत जीवनशैलीमा रुपान्तरण पाएको छु ।  सामान्य जीवन भोगिरेहको म जब सहकारी क्षेत्र प्रवेश गरे तब मेरा दैनिकी सामाजिक कार्यसँग पनि जोडिएको छ । २०४८ श्रावण २६ गते कुशादेवी गा.वि.स वडा नं. ५ नयाँ गाउँ (हाल पनौती न.पा वडा नं.७ कुशादेवी रोड,आर्दश टोल) मा जन्मिएको मेरो परिवारमा हाल बुबा, आमा, दाई, भाउजु, श्रीमती र छोरी छन् । सहकारीका कारण म मात्र होइन परिवारका सातै सदस्यको जीवनमा परिवर्तन महसूस गरेको छु ।

मेरो परिचय संस्थाको एक जिम्मेवार पद र कार्यसँग जोडिएको छ भने समाजले मलाई हेर्ने र व्यवहार गर्ने शैलीमा सकारात्मक परिवर्तन महसुस गरेको छु । सहकारीका माध्यमबाट सदस्यहरुको आर्थिक ,सामाजिक कार्यमा म स्वंयम उपस्थित भई आवश्यक पर्ने सहयोग गर्ने गरेको हुनाले आज समाजका हरेक व्यक्तिहरुले मलाई एवम् मेरा परिवारका सदस्यलाई सम्मानपूर्वक व्यवहार गर्ने गरेको महसुस गरेको छु । त्यसैले, सहकारी अभियानलाई सफल बनाउन आफ्नो क्षेत्रबाट सदैव साथ सहयोग गर्ने लक्ष्य छ भने परिवारले पनि त्यसका लागि हरसम्भव सहयोग गर्ने वचन दिएको छ ।

 


 

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ