शनिबार, वैशाख ८
०१:४७

एउटै साकोसमा निरन्तर २६ वर्षदेखि व्यवस्थापकीय बागडोर

सोमबार, असोज २५
रञ्जनमणि पौड्याल
saccosaawaj

शान्ता राई
व्यवस्थापक
ग्रामीण साकोस, शारदा नगरपालिका २, सल्यान

सहकारी प्रवेश र कारण

महिला भएर विभिन्न समस्याका बाबजूद पढाइलाई निरन्तरता दिदै गर्दौ अब कुनै पेशामा आबद्ध हुनुपर्छ भन्ने सोच थियो । सोही क्रममा ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना पश्चात रोजगारीको अवसर खुल्यो । मैले पनि आवेदन दिएँ, सफल भए र संलग्नभएदेखि हालसम्म कार्यरत छु । सुरुमा सहायक द्वित्तीयको भूमिकाबाट काम सुरु गरेँ । २०५२ चैत १८ गतेबाट व्यवस्थापकको जिम्मेवारी निर्वाह गर्दै आएकी छु । यस क्षेत्रमा किन लागे भन्ने बलियो कारण खासै छैन । तर, यो पक्का हो कि यस क्षेत्रमा लागेदेखि अर्को क्षेत्रमा जाने कुनै ईच्छा पनि रहेन ।

सहकारी क्षेत्रमा प्रेरणा

सहकारी क्षेत्रमा मेरो प्रेरणा नारायण प्रसाद शर्मा गैरे हुनुहुन्छ जो यस संस्थाको संस्थापक सदस्य र यस संस्थाको अवधारणा ल्याउने व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ । उहाँ सहकारी अभियन्ताका रुपमा रुपमा परिचित हुनुहुन्छ ।

सहकारीमार्फत सम्भावना  

साँचिक्कै भन्नुपर्दा सहकारी क्षेत्र सरकारको पहुँच नभएको ठाउँहरु र भएका ठाउँहरुका लागि पनि धेरै राम्रो क्षेत्र हो । काम गर्दै जादाँ सदस्यहरु र समुदायमा यत्रतत्र छरिएर रहेको पुँजीहरुलाई संकलन गर्दे उक्त पुँजी सदस्यहरु र समुदायको हितका लागि हो भन्ने दैनिक रुपमा आभाष हुँदै गयो र हालसम्म आइपुग्दा उक्त आभाष यथावत छ ।

महिला व्यवस्थापकका चुनौतीहरु

कुनै पनि सेवा अथवा कार्यालयमा काम गर्दा महिला व्यवस्थापकका चुनौतीहरु प्राय भइराख्छन् । यो सामान्य कुरा हो । पुरुष प्रधान देश हो, चुनौतीहरु हुनु स्वाभाविक कुरा हो । खासगरी सहकारी क्षेत्रमा महिला व्यवस्थापकका चुनौतीहरु प्राय एकैनासको हुन्छन् जस्तो लाग्छ, त्यो हो परिवर्तित संचालक (गतिशील संचालक) ।

अविस्मरणीय घटना 

मलाई लाग्छ २–३ वर्ष अगाडिको कुरा हो, मेरो लागि अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जानु पर्ने भएको थियो, जो महिला व्यवस्थापकहरुको लागि मात्र थियो । तर म महिला भएको कारणले मलाई पारिवारिक रुपमा र संस्थाले भौतिक रुपमा कमजोर भएको उदाहरण दिएका कारण म जान सकिन । यद्यपि, हाल भने परिवार र साकोसबाट सबै जिम्मेवारीमा सकारात्मक सहयोग पाएकी छु ।

महिला व्यवस्थापकका अवसरहरु

अवसरहरु भन्ने कुरा त सर्वप्रथम आफैले सिर्जना गर्ने कुरा हो । तैपनि मेरो विचारमा महिला व्यवस्थापकका अवसरहरु भनेको राष्ट्रिय वा अन्तराष्ट्रिय सम्मेलनमा सजिलै भाग लिन सकिन्छ । आफुलाई सामाजिक रुपमा बलियो तरिकाले प्रस्तुतिकरण गर्न सकिन्छ ।

ग्रामीण साकोस: विगत, वर्तमान र भविष्य 

ग्रामीण साकोसको स्थापना २०५१ साल फागुन २८ गते भएको हो । ३१ जनाबाट ३१ हजार पुँजी संकलन गरी साकोस स्थापना भएको थियो । प्रारम्भमा ७ सदस्यीय तदर्थ समिति रहेको संस्थाको कार्यक्षत्र खलंगा, सेजवालटाकुरा तथा मार्के गाविस थियो । हाल साकोसमा १९२१ सदस्य छन् । ऋण लगानी १५,२४,०८,३०६ रुपैयाँ, बचत १५,९४,२९,२७५ रुपैयाँ, सेयर पुँजी २,४२,२३,२०० रुपैयाँ, जगेडा कोष २,२९,९२,५१४ रुपैयाँ र कार्यक्षेत्र शारदा नगरपालिका रहेको छ । ११ सदस्यीय सञ्चालक समितिमा थप १ आमन्त्रित सदस्यको व्यवस्था छ । हाल ७ कर्मचारी छन् भने वासलात २१,९८,२८,६९०/५३ रुपैयाँ रहेको छ ।

म व्यवस्थापक नियुक्त हुँदा संस्थामा जम्मा १३९ जना सेयर सदस्य थिए भने सेयर पुँजी ८१५०० रुपैयाँ, बचत ६,५३,५७८ रुपैयाँ र ऋण लगानी ६,८४,४७० रुपैयाँ थियो । चालु आथिर्क वर्षभित्र सेयर पुँजी ३०,२२८,०००, बचत २० करोड ८ लाख ७८ हजार ८ सय, जगेडा कोष २ करोड ७४ लाख ८० हजार रुपैयाँ, ऋण २१४६१२००० र कुल सम्पत्ति २७४८००००० पुर्याउने लक्ष्य छ । हाम्रो पुँजी निर्माणको मुख्य आधार भनेको नियमित बचत हो । हाम्रो मुल कारोबार वा स्तम्भ नै नियमित बचत हो । हालको नियमित बचत ९ करोड ३४ लाख ७ हजार ८ सय ५५ रुपैयाँ रहेको छ । 

व्यवस्थापकीय नेतृत्वको उपलब्धि 

नेफ्स्कूनद्वारा सञ्चालित प्रोबेसन कार्यक्रममा सहभागी भई लगातार ५ पटक सम्म ब्राण्ड प्राप्त गर्न सफल भएको भने मुख्य कुरा सञ्चालक समिति र व्यवस्थापनबीच सुमधुर सम्बन्ध र हार्दिकता  कायम रहेको छ ।

घर–कार्यालय समय व्यवस्थापन 

धेरैजसो समय कार्यालयमा बित्छ । घरमा परिवारको सदस्य संख्या बाट साथ र सहयोग प्राप्त भएकोले घरको कामकाजमा त्यति धेरै समय दिनुपर्दैन ।

सहकारी क्षेत्रबाट प्राप्त उपलब्धिहरु

संस्थामा आबद्ध भई प्रत्यक्ष अप्रत्यक्ष रुपमा विभिन्न जातजाति, वर्ग, धर्ममा आस्था राख्ने सेयर सदस्यहरुलाई सेवा गर्न पाउनु नै सबैभन्दा महत्वपूर्ण उपलब्धि जस्तो लाग्छ । सहकारी क्षेत्रमा लागेर व्यक्तिगत रुपमा कुनै पछुतो छैन । सदस्यहरुलाई सेवा दिन पाउँदा थप ऊर्जा, हौसला र खुशी प्राप्त भएको छ  ।

व्यवस्थापनलाई उत्प्रेरणा 

हामी ७ कर्मचारी छौं जसमध्ये ३ जना महिला छौं । सबै साथीहरुलाई आफ्नो काम र जिम्मेवारी  तनाव मुक्त भएर सम्पादन गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले कर्मचारीलाई दिइएको जिम्मेबारी बारे समयसमयमा छलफल गर्नुको साथै आवश्यक सर सल्लाह दिने व्यवस्था छ । यस्तै, बाह्य तथा आन्तरिक मूल्याङ्कनद्वारा वार्षिक रुपमा ‘उत्कृष्ट कर्मचारी’ पुरस्कृत गर्ने व्यवस्था छ । वर्षको अन्त्यमा कार्य सम्पादन मूल्याङ्क फाराम भर्ने र सोको आधारमा संस्थाको मानव संशाधन व्यवस्थापन नीति बमोजिम बढुवा व्यवस्था गरिएको छ ।

जन्म, वाल्यावस्था र शिक्षा

मेरो जन्म २०३२ साल असार ७ गते सल्यानमा भएको हो । म परिवारकी कान्छी छोरी हुँ । १ दाजु १ भाई हुनुहुन्छ । १ दिदी हुुनुहुन्छ । बाल्यकाल सल्यानमै बित्यो । घरको आर्थिक अवस्था मध्यम थियो । हाल परिवारमा हाल आमा, दाइ–भाउजु, भाई बुहारी र भतिजी भतिजा हुनुहुन्छ । प्राथमिक शिक्षा बाल शिक्षा प्राथमिक विद्यालयमा लिएँ । थप अध्ययन श्री त्रिभुजन जन माध्यमिक विद्यालय सल्यानमा गरेँ । समग्रमा त्यसबेला शिक्षाको अवस्था नराम्रो भन्न मिल्दैन ।

भावी योजना 

यसै क्षेत्रमा सेवा गर्ने र साकोसमा आबद्ध नभएकाहरुलाई आबद्ध हुन प्रेरित गर्ने ।


 

saccosaawaj media

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

सोमबार, साउन ५

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

saccosaawaj media

अब्बल साकोस नेतृ सीमा

आईतबार, साउन २५

अब्बल साकोस नेतृ सीमा

saccosaawaj media

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’

आईतबार, साउन २५

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’