बिहीबार, वैशाख ६
०८:३५

सृजना साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्नः सदस्य सहायता कार्यक्रम सार्वजनिक

आईतबार, असोज २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सुदुरपश्चिम । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मा अवस्थित सृजना बचत तथा ऋण सहकारी संस्थाको २०औं वार्षिक साधारण सभा एवम् स्थापना दिवस २०७८ असोज २३ गते शनिवार सम्पन्न भएको छ । 

साधारणसभाको उद्घाटन प्रमुख अतिथि, सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तारा लामा तामाङले गर्नुभएको थियो । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री मान बहादुर सुनार दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख वीर बहादुर सुनार, उप प्रमुख चिनी गिरी ओझा, नेफ्स्कूनका सञ्चालक एवम् सुदुर पश्चिम प्रदेश बचत संघका अध्यक्ष माधव प्रसाद जोशी लगायतको आतिथ्यता रहेको थियो । 

सभामा मन्त्री द्वयले सहकारी र कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि पृथक असल योजना सहित सहकारीलाई सहयोग गर्ने र सुदुर पश्चिम प्रदेशको विकास प्रति आफुहरु प्रतिबद्ध रहेको बताउनुभएको थियो । 

संस्थाको यसै साधारणसभाबाट ११ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत सर्वसम्मत चयन भएको छ । 

साधारणसभाबाट पुनः दमन बहादुर सिहको अध्यक्षतामा सर्वसम्मत निर्वाचित सञ्चालक समितिका उपाध्यक्षमा करन बहादुर सिह, सचिव मथुरा भट्ट पन्त, कोषाध्यक्ष शम्भुराज भट्ट, सदस्यहरुमा विष्णु दत्त भट्ट, खीमा चन्द, गंगा दत्त अवस्थी, गणेश सिह भण्डारी, कृष्ण प्रसाद जोशी, पवन वस्नेत र कमला आग्री रहनुभएको छ । 


 

त्यसैगरी लोक बहादुर चन्द को संयोजकत्वमा गिता सेठी र कर्ण सेठी लेखा सुपरिवेक्षण समिति सदस्यमा सर्वसम्मत चयन हुनुभएको छ । 

संस्थाको सोही सभाबाट हिमालय जडिबुटी सहकारी संस्था लिमिटेड सृजना साकोससँग एकीकरणको घोषणा समेत भएको छ । 

साधारणसभाले संस्थाको २३ करोडको वजेट, कार्यक्रम र योजना स्वीकृत गरेको छ भने ४६ लाख नाफा गरेको छ । संस्थाले बोनस र संरक्षित पूँजी फिर्ता कोषवाट सेयर सदस्यहरुलाई १२ प्रतिशत बोनस बाड्ने जनाएको छ । त्यसैगरी संस्थाले सदस्यहरुका लागि ४ लिटर को बाल्टी, निशुल्क पशुधन (वाख्रा सहित) सुरक्षण शुल्क अनुदान, पशु उपचार सुविधा, सदस्य सुरक्षण सुविधा, सदस्य राहत सहयोग, सूचना प्रविधि लगायत कयौं  सदस्य सहायता का कार्यक्रम स्वीकृत गरेको जनाएको छ ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र