बिहीबार, वैशाख १३
१२:३७

आइसीएले गर्यो भर्चुअल साधारण सभा 

शुक्रबार, भदौ १९
एजेन्सी
saccosaawaj

कोभिड १९ को प्रतिकूलताका बीच विश्वभरका सहकारीहरुको छाता संगठन–अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले भर्चुअल विधिबाट बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कोभिड–१९ को जारी महामारीकाबीच आइसीएले पहिलो पटक अभौतिक साधारणसभा गरेको हो । हिजो सम्पन्न उक्त सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, निवर्तमान अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेलको लगायत १ सय भन्दा बढी मुलुकका करिब २ सय प्रतिनिधिको सहभागिता थियो ।

नेपालमा पनि वार्षिक साधारण सभा कसरी गर्ने भन्ने सम्बन्धमा नियामक निकायबाट समयमै जानकारी वा निर्देशन नआउँदा अन्योलको अवस्थाकाबीच सहकारीहरुको विश्व मञ्च आइसीएले भने भर्चुअल विधिबाट साधारण सभा गरेको छ । यसअघि भारतस्थित विश्वकै ठूलो मल सहकारी इफ्कोले भने भौतिक र अभौतिक विधिको सम्मिश्रण अर्थात् हाइब्रिड प्रारुपबाट साधारण सभा सम्पन्न गरिसकेको छ ।

आइसीएको साधारण सभामा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा महासंघका संचालक केवी उप्रेती, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष तथा महासंघका संचालक खेम पाठकले पनि साधारण सभामा भर्चुअल भाग लिनुभएको थियो । कार्यक्रममा महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको पनि सहभागीता थियो । 

 

 

 

 

 

 

 

 

साधारण सभाले आइसीएका अध्यक्ष एरियल ग्वार्काेले प्रस्तुत गरेको सन् २०१९ को १७ अक्टोबरमा अफ्रिकी मुलुक रुवान्डाको राजधानी किगालीमा सम्पन्न बार्षिक साधारण सभाको निर्णय अनुमोदन गरेको छ । भर्चुअल रुपमा व्यवस्थित ढंगबाट समर्थन गर्ने, नगर्ने वा तटस्थ बस्नेले हात उठाएर (ह्यान्ड रेज) मत जाहेर गर्ने विधि अपनाइएको थियो ।

सभाले सन् २०१९ को १६ डिसेम्बरमा भएको विशेष साधारण सभाको निर्णयलाई समेत अनुमोदन गरेको छ भने २०१९ को आर्थिक प्रतिवेदन र सन् २०२० को अनुमानित बजेट समेत पास गरेको छ । सो सभाले लेखा परिक्षक नियुक्त समेत गरेको छ  । लेखा परिक्षक नियुक्तिको प्रस्तावको समर्थनमा ४३५ भोट र विपक्षमा १ भोट गएको थियो भने ६ भोट तटस्थमा गएको थियो । आइसीएको विधानमा नै आपतकालिन तथा महामारीको अवस्थामा भर्चुअल साधारण सभा गर्न सकिने प्रावधान समावेश छ ।

 

 

 

 

 

 

 

 

विश्व सहकारीहरुको साझा मञ्च आइसीएमा हाल विश्वका १ सय १० देशका ३ सय १० सहकारी संघ÷संस्थाहरु सदस्य छन् । नेपालबाट राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकको ८ मताधिकार सहितको सदस्यता छ भने नेपाल कृषि सहकारी केन्द्रीय संघको ४ मत र नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको ३ मताधिकार सहितको सदस्यता छ । आइसीएमा राष्ट्रिय सहकारी विकास बोर्ड पनि एसोसिएट सदस्य छ । 


 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।