शनिबार, वैशाख ८
१२:३७

चितवनमा 'साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान' कार्यक्रम (फोटोफिचर समेत)

सोमबार, असोज ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनको आयोजनामा आज चितवनमा साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान कार्यक्रम सुरु भएको छ । बागमती प्रदेशस्तरीय २ दिने कार्यक्रमको उद्घाटन बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले गर्नुभयो । कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटा, नेफ्स्कूनका निवर्तमान अध्यक्ष डी.बी. बस्नेत, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उद्धव सापकोटा, नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी, नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमितिका सदस्यहरुसँगै प्रदेश अन्तर्गतका जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरुसँगै नेफ्स्कून व्यवस्थापन गरी उल्लेख्य सहभागिता थियो । कार्यक्रममा भोली सहभागीहरुबीच समूहगत छलफल आयोजना गरिने कार्यक्रम छ ।

World Cafe Method मा समाविष्ट डेढ दर्जन प्रश्नावलीहरुमा आधारित रहेर कार्यक्रमको विषयवस्तुमा सर्वेक्षण गरिनेछ । समूहगत छलफलमा नेफ्स्कूनले लिएको रणनीतिलाई आधार मानेर ५ प्रमुख सवालहरुः आबद्धता, एकीकरण तथा साझा बजारीकरण, बहस, पैरवी तथा कार्य कुशलता, साझा सेवाहरु, प्रविधि र साझेदारी, सुशासन तथा स्तरीकरण र वित्तीय सेवाहरुमा सहभागीहरुलाई विभक्त गरी पहिलो चरणमा १५ मिनेट, दोस्रोदेखि चौथो चरणको प्रत्येक छलफल ७ मिनेटको गरी छलफल गरिनेछ ।सबै छलफल सकिएपछि प्रत्येक समूहका लीडरबाट प्राप्त सामूहिक निष्कर्षलाई सदस्यहरुबाट प्राप्त सुझावको रुपमा नेफ्स्कूनले स्वीकार गर्ने गरी कार्यक्रम तय भएको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र