शनिबार, वैशाख ८
०५:१०

चितवनमा आज साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान कार्यक्रम

सोमबार, असोज ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले बागमती प्रदेशको चितवनमा साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको केही समयअघि औपचारिक उद्घाटन भएको छ ।


२ दिने कार्यक्रममा नेफ्स्कून अध्यक्ष परितोष पौड्याल, निवर्तमान अध्यक्ष डी.बी बस्नेत, उपाध्यक्ष शान्ति अधिकारी, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उद्धव सापकोटा, नेफ्स्कून चितवन फिल्ड व्यवस्थापन उपसमिति संयोजक एवम् सदस्यहरु लगायत प्रदेश अन्तर्गतका जिल्लाहरुबाट साकोस अभियानकर्मी र व्यवस्थापन प्रमुखहरु र नेफ्स्कून व्यवस्थापनको सहभागिता रहेको छ ।  
कार्यक्रममा भोलि समूहगत छलफल आयोजना गरिनेछ ।

प्रदेशभरका सहभागी साकोसहरुका सञ्चालक समिति तथा व्यवस्थापन प्रतिनिधिहरुलाई समूहमा विभक्त गरी बिहानबाट छलफल सत्र चलाइनेछ ।  World Cafe Methodology मा समाविष्ट डेढ दर्जन प्रश्नावलीहरुमा आधारित रहेर कार्यक्रमको विषयवस्तुमा सर्वेक्षण गरिनेछ । समूहगत छलफलमा नेफ्स्कूनले लिएको रणनीतिलाई आधार मानेर ५ प्रमुख सवालहरुः आबद्धता, एकीकरण तथा साझा बजारीकरण, बहस, पैरवी तथा कार्य कुशलता, साझा सेवाहरु, प्रविधि र साझेदारी, सुशासन तथा स्तरीकरण र वित्तीय सेवाहरुमा सहभागीहरुलाई विभक्त गरी पहिलो चरणमा १५ मिनेट, दोस्रोदेखि चौथो चरणको प्रत्येक छलफल ७ मिनेटको गरी छलफल गरिनेछ ।सबै छलफल सकिएपछि प्रत्येक समूहका लीडरबाट प्राप्त सामूहिक निष्कर्षलाई सदस्यहरुबाट प्राप्त सुझावको रुपमा नेफ्स्कूनले स्वीकार गर्ने गरी कार्यक्रम तय भएको छ ।  

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र