मंगलबार, वैशाख ११
०३:१२

साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान: पोखरामा समूहगत छलफलमा दोस्रो दिन

सोमबार, असोज ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनले गण्डकी प्रदेशको पोखरामा आयोजना गरेको साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान विषयक प्रदेशस्तरीय कार्यक्रम अन्तर्गत आज दोस्रो तथा अन्तिम दिन समूहगत छलफल प्रारम्भ भएको छ । प्रदेशभरका ११ मध्ये ९ जिल्लाबाट सहभागी साकोसहरुका सञ्चालक समिति तथा व्यवस्थापनका गरी १ सय बढी प्रतिनिधिहरुलाई ५ वटा समूहमा विभक्त गरी बिहानबाट छलफल सत्र चलाइएको छ ।

नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलका अनुसार World Cafe Methodology मा समाविष्ट डेढ दर्जन प्रश्नावलीहरुमा आधारित रहेर कार्यक्रमको विषयवस्तुमा सर्वेक्षण गरिनेछ । समूहगत छलफलमा नेफ्स्कूनले लिएको रणनीतिलाई आधार मानेर ५ प्रमुख सवालहरुः आबद्धता, एकीकरण तथा साझा बजारीकरण, बहस, पैरवी तथा कार्य कुशलता, साझा सेवाहरु, प्रविधि र साझेदारी, सुशासन तथा स्तरीकरण र वित्तीय सेवाहरुमा सहभागीहरुलाई विभक्त गरी पहिलो चरणमा १५ मिनेट, दोस्रोदेखि चौथो चरणको प्रत्येक छलफल ७ मिनेटको गरी छलफल गरिनेछ ।

 

सबै छलफल सकिएपछि प्रत्येक समूहका लीडरबाट प्राप्त सामूहिक निष्कर्षलाई सदस्यहरुबाट प्राप्त सुझावको रुपमा नेफ्स्कूनले स्वीकार गर्ने गरी कार्यक्रम तय भएको कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी गराउनुभयो । कार्यक्रमको पहिलो दिन हिजो प्रदेश अन्तर्गत ९ जिल्लाका १ सय ५० सहकारीकर्मीहरुको उत्साहजनक सहभागिता रहेको नेफ्स्कून पोखरा फिल्ड कार्यालय इन्चार्ज यमकला सुवेदीले साकोस आवाजलाई जानकारी गराउनुभयो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र