काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को सुनसरी फिल्ड कार्यालय अन्तर्गत लेटाङ सेवा केन्द्रको आयोजनामा शुक्रबार सदस्य आबद्धता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नं. १, प्रदेश बचत संघका उपाध्यक्ष हरि प्रसाद सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा लेटाङ सेवा केन्द्र अन्तर्गतका १० बचत तथा ऋण सहकारी संस्थाबाट गरी १७ प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रदेश बचत संघका उपाध्यक्ष सुवेदीले बचत तथा ऋण सहकारी संस्थाहरु अब सुशासन र स्वनियमनमा चल्नुको विकल्प नरहेको बताउँदै सहभागी साकोस प्रतिनिधिहरुलाई ढिलो नगरि नेफ्स्कूनमा आबद्ध हुन र नीति, विधि र प्रविधि प्रयोगमार्फत सञ्चालनमा आउन जोड दिनुभयो ।
कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहाल र सुनसरी फिल्ड कार्यालय इन्चार्ज पवन घिमिरेले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन लेटाङ सेवा केन्द्र प्रमुख गणेश भण्डारीले गर्नुभएको थियो ।