बिहीबार, वैशाख १३
०५:२६

नेफ्स्कूनको आयोजनामा बर्दिबासमा साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान कार्यक्रम सुरु

आईतबार, असोज १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

महोत्तरी ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले प्रदेश नं. २, महोत्तरी को बर्दिबासमा साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान कार्यक्रमको उद्घाटन भएको छ ।
नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको अध्यक्षता तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नम्रता सिंहको प्रमुख आतिथ्यतामा साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान कार्यक्रमको उद्घाटन भएको हो । 


प्रमुख अतिथि सचिव डा. नम्रता सिंहले कार्यक्रमको उद्घाटन गर्नु भएको छ । कार्यक्रममा प्रदेश नं. २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, वारा, पर्सा र बागमती प्रदेशको सिन्धुली जिल्लाका साकोसकोका अध्यक्ष, सञ्चालक तथा व्यवस्थापकहरुको सहभागिता रहेको छ । 


कार्यक्रमा प्रमुख अतिथि सिंहले शुभकामना मन्तव्य राख्दै मन्त्रालय सहकारीको विकासका लागि सहजिकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले केहि सहकारीमा अनुशासनको कमि देखिएकोले उक्त कुराको नियन्त्रणको लागि अभियानको साथ सहयोगको अपेक्षा समेत राख्नु भएको छ । अहिले कार्यक्रममा कार्यपत्र प्रस्तुतिकरण को क्रम जारी रहेको छ ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र