शनिबार, वैशाख ८
०२:५६

हाम्रो सुपर साकोसको रणनीतिक व्यावसायिक योजना कार्यशाला सुरु

बिहीबार, भदौ ३१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बर्दघाट–२, चिसापानी नवलपरासीस्थित हाम्रो सुपर साकोसको रणनीतिक व्यावसायिक योजना कार्यशाला आजबाट सुरु भएको छ । कार्यशालाको उद्घाटन नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै साकोसका सल्लाहकार समेत रहनुभएका प्रमुख अतिथि ढकालले व्यावसायिक रणनीतिक योजनाले संस्थाको स्पष्ट मार्गचित्र तोकिने बताउँदै यसकै आधारमा  संस्थागत उपलब्धिसँगै सदस्य सेवा सम्भव हुने बताउनुभयो । साकोसलाई अब्बल बनाउन धरातलीय यथार्यसहितको रणनीतिक योजनाले प्रतिस्पर्धी स्थान कायम गर्न सहयोग पुर्याउने बताउँदै नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालले संघले समेत हरेक संस्थालाई योजना अनुसार अघि बढ्न प्रेरित र सहजीकरण सहयोग गर्दै आएको धारणा समेत राख्नुभयो । उहाँले नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम  (प्रोबेसन) मा आबद्ध भएका कारण पनि हाम्रो सुपर साकोसले सुशासन, इमानदारी र पारदर्शिता प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

हाम्रो साकोसका अध्यक्ष खेमराज सुवेदीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा उपाध्यक्ष सावित्री दुवाडी, लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन साकोसका सचिव बिष्णु प्रसाद बरालले गर्नुभएको थियो ।

कार्यक्रममा सञ्चालक समिति र व्यवस्थापन समेत गरी २७ जनाको सहभागिता रहेको छ । तालिम सहजीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल र कार्यक्रम अधिकृत मनोज खड्काले गर्नुभएको छ । तालिम असोज २ गते शनिवार समापन हुनेछ ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र