शुक्रबार, वैशाख १४
०१:२८

‘अभियानलाई टेवा पुग्ने नवीन कामहरु गर्छौ’ 

मंगलबार, भदौ २९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सीएमसी कास्कीको अध्यक्षमा निर्वाचित हुनुभएको छ सर्वप्रथम बधाई तथा सफल कार्यकालको अग्रिम शुभकामना छ साकोस आवाजको तर्फबाट । कस्तो महशूस भैरहेको छ ?
साकोस आवाज प्रति हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दछु । CMC कास्कीको स्थापना काल देखि नै सक्रिय भएको र संस्थापक सदस्य, सचिव, उपाध्यक्ष हुँदै आज अध्यक्ष जिम्मेवारी प्राप्त गरेको छु । यसको लागि CMC मा आबद्ध साथीहरुको विश्वास र भरोसोलाई सम्मान प्रकट गर्दै आगामी दिनमा थप जिम्मेवारीपूर्वक अघि बढनु पर्ने महशुस गरेको छु र खुसी पनि छु ।

सीएमसीलाई कसरी अघि बढाउछु भन्ने परिकल्पना गर्नुभएको छ ?
हिजोका दिनमा यस क्लबले सञ्चालन गरेका गतिविधिहरु सहकारी अभियानमाझ छर्लङ्ग छ । अबका दिनमा प्रारम्भिक संस्थामा कार्यरत कर्मचारीहरुको क्षमता तथा नेतृत्व विकास गर्ने, सदस्य बन्न बाँकी साथीहरुलाई सदस्य बनाई सदस्यता विस्तारको कार्य संचालन गर्ने, महिला नेतृत्व तयार गर्ने, १२ महिनामा कम्तिमा १२ वटा सहकारीसम्बन्धी तालिम तथा प्रशिक्षणका अवसर प्रदान गर्ने, स्वदेशका उत्कृष्ट संस्थाहरुको भ्रमण कार्यक्रम आयोजना गर्ने र असल अभ्यासहरुको आदान प्रदान गर्ने, नीति, विधि र प्रििधमार्फत संस्थाहरु संचालनमा सहजीकरण गर्ने आदि छन् । सायद यति गर्न सकियो भने अभियानमा थप टेवा पुग्ने विश्वास लिएको छु ।

विगतमा नभएका के नवीन कामहरु गर्ने योजना छ ?
हामी जे काम गर्छौ नवीन काम नै गर्छौ । यो विगतलाई हेर्दा स्पष्ट हुन्छ तर पनि हामीलाई महशुस भएको कुरा कास्की जिल्लामा सहकारीका प्रशिक्षकहरु कम भएकोले कम्तिमा कास्कीका २० जना ब्यवस्थापक साथीहरुलाई सर्टिफाईड प्रशिक्षकको रुपमा तयार गरी कास्की जिल्लामा रहेका सहकारी संस्था र अन्य जिल्लामा पनि प्रशिक्षण प्रदान गरी अभियानलाई अझ मजबुत बनाउने योजनामा छौ ।

सञ्चालक समिति कस्तो बनेको छ ? महिला सहभागिता केवल १ जनाको मात्र किन ? सञ्चालक समिति समावेशी देखिदैन नि ? 
संचालक समिति नियमसंगत प्रकृया पुरा गरी चयन भएको छ । साथीहरु निकै अनुभवी र उत्साहित हुनुहुन्छ । तपाईले मेरो मनमा लागेको प्रश्न उठान गर्नु भयो । महिला सहभागिताका विषयमा जुनसुकै क्षेत्रमा पनि समस्याको विषय रहेको छ । हामीले निर्वाचनको प्रकृया आरम्भ हुनु अगावै महिला सदस्यहरुलाई नेतृत्वमा आउन मनोनयनका  लागि अनुरोध गरेको थियौ तर उहाँहरुले मनोनयन दर्ता नगर्नु भएकोले १ जना मात्र हुन पुग्नु भयो । त्यसै कारण मैले भने हामीले महिला नेतृत्व तयार गर्ने योजना राखेका छौं ।

खासमा सीएमसी सहकारी व्यवस्थापकहरुको साझा मञ्च हो कि यसले थिङ्क ट्याङ्कको पनि काम गर्छ ? यदि विज्ञ समूह हो भने यस मार्फत के कस्ता अध्ययन अनुसन्धानका कामहरु गरिनुपर्छ वा गरिन्छन् ?
हामी सहकारी हाक्ने प्राविधिक जनशक्ति हौ र सिएमसी यस्तै ब्यक्तिहरुको समुह वा भनौ साझा मञ्च हो । हामीले हाम्रा असल अभ्यासहरुलाई यस क्लबमा आबद्ध साथीहरु बीच आदान प्रदान गर्छाै । सिकाई नै हाम्रो मुख्य विषय रहेको छ । नीति, विधि र प्रविधिमा संचालन गर्न सहजीकरण गर्ने विषय रहेको छ । यसैमा हामी केन्द्रित छौ । सहकारी अभियान या विभागले जुन सुकै वेला पनि विज्ञ समुहको रुपमा आमन्त्रण गरेमा सहकारी संस्थालाई व्यवस्थित बनाउनको लागि हामीले आफ्नो स्पष्ट धारण दिन्छौ । क्लबमार्फत सहकारी संस्थामा भए गरेका गतिविधिहरु अनुसन्धान गरी आगामी दिनमा सहकारी संस्था सञ्चालनमा आवश्यक नीति निर्माणमा टेवा पुग्ने गरी कार्य सञ्चालन गर्न सकिन्छ । वर्तमान अवस्थामा जनशक्ति अभावाको कारण प्रारम्भिक संस्था निरीक्षण गर्न कठिनाई छ भन्ने सुनिन्छ, त्यसका लागि कास्की जिल्ला वाहेक अन्य जिल्लामा अभियान या सहकारी विभागले अनुरोध गरेमा सिएमसी कास्कीले व्यवस्थापकहरु पठाई उहाँको निरिक्षण कार्यलाई सहयोग गर्न तयार छ ।    

नेफ्स्कून–साकोस म्यानेजर्स क्लब पनि छ ? योसँगको सम्बन्ध कसरी अघि बढ्छ ?
नेफस्कूनले पनि बचत तथा ऋण सहकारी संस्थाहरुबाट गठित साकोस म्यानेजर्स क्लब संचालन गरी रहेको छ र यसका लागि नेफस्कून परिवारलाई धन्यबाद दिन चाहान्छु । पक्कै पनि जे जति हामी छौ सबैको एउटै उद्देश्य सहकारी अभियान बलियो बनाउने नै हो । सहकार्य पक्कै पनि हुन्छ, हामी सबै मिलेर, आफना अनुभवहरु आदानप्रदान गर्दे अगाडि बढ्ने हो र सम्बन्ध अझ प्रगाढ बनाउने हो । 

अन्य जिल्लाहरुमा पनि सीएमसी गठन भएका छन् र केही जिल्लामा त विगतमा नै गठन भएका थिए ? तिनीहरुसँगको सम्बन्ध कस्तो रहन्छ ? विगतमा सीएमसी कास्की र यस्तै अन्य म्यानेजर्स क्लबबीच सहकार्यमा कुनै काम भएको छ कि छैन ? 
हो, धेरै खुसीका कुरा हो । पहिला हामी मात्र सिएमसी कास्की भन्ने थियौ तर आज धेरै सीएमसी गठन भएका छन् । एसएमसी भनेर पहिला नै गठन भएका थिए तर हामी गठन गर्दा सम्पुर्ण सहकारीमा कार्यरत प्रमुखहरुलाई समेत सँगसँगै लैजाने हिसाबमा सिएमसी गठन भएको हो । सम्बन्धका हिसाबमा हाम्रा बीच असल अभ्यासहरु विगतबाट नै आदान प्रदान भएको छ र यसलाई हामी निरन्तरता दिन्छौ । जति जिल्लामा सिएमसी गठन भएको छ, हामीले सहकार्य  गरेको छौ  र यसलाई निरन्तरता दिदै सम्बन्धहरु अझ मजबुत बनाउने छौ । अझ हाम्रो चाहना त राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धकको अध्यक्षतामा राष्ट्रिय सहकारी बैंक र केन्द्रीय विषयगत संघका प्रमुख कार्यकारी अधिकृत अनिवार्य रहने गरी हरेक प्रदेशबाट सहभागितासहित सिएमसी नेपालको गठन गर्ने र हरेका जिल्लामा यसको शाखा हुनु पर्छ भन्ने हो ।

सीएमसी कास्की वा अन्य यस प्रकारका क्लबहरु कर्मचारीहरुको ट्रेड युनियन त हैनन ? सञ्चालकहरुसँग बार्गेनिङ गर्न यस प्रकारका मञ्चहरु प्रयोग नहोला भन्नेमा कसरी आश्वस्त पार्नुहुन्छ ?
हाम्रो क्लवको विधानको प्रास्तावनामा नै ‘कोअपरेटिभ म्यानेजर्स क्लव कास्की, सदस्यहरुको चाहना र आवश्यकता अनुसार गुणस्तरीय वस्तु तथा सेवाहरु उपलव्ध गराउनको लागि प्रवर्तनकारी अभ्यासहरु मार्फत कुशल व्यवस्थापनको माध्यमबाट सहकारीको संस्थागत विकास, सुशासनको प्रत्याभूति, व्यावसायीकीकरण र सबल तथा सुव्यवस्थित सहकारी अभ्यासको लागि सहकारीहरुमा कार्यरत व्यवस्थापक एवं कर्मचारीहरुको ज्ञान, शिप, अनुभव, क्षमता विकासको साझा थलोको रुपमा विकास गर्नको लागि क्वालिटी सर्कलको रुपमा आफ्ना गतिविधिहरु सञ्चालन गर्ने छ’ भन्ने वाक्याशंले नै यो कुनै पनि ट्रेड युनियन होईन भन्ने स्पष्ट हुन्छ र रहयो कुरा सञ्चालकसँगको वार्गेनिङ्ग मञ्च हो कि भन्ने कुरा यसलाई पुष्टि गर्न त हाम्रो ४ वर्षको अवधिलाई मुल्याङ्कन गर्दा भै हाल्छ । अर्को कुरा यो क्लब जिल्ला सहकारी संघ कास्कीको मातहातमा रहेर सञ्चालन हुनेछ भन्ने पनि आफ्नो विधानमा स्पष्ट गरेको छ र हामीले कुनै पनि अवस्थामा यो युनियन को रुपमा जान्छ भनेर नीतिगत व्यवस्था गरेका पनि छैनौ र कल्पना पनि गरेका छैनौ । नितान्त सहकारी अभियालाई मजबुत बनाउनको लागि यो क्लबको स्थापना भएको हो । 

(सीएमसी कास्कीको भदौं २५ गते पोखरामा सम्पन्न चौथो वार्षिक साधारण सभाले क्लबका उपाध्यक्ष एवम् कोन सामुदायिक साकोसका महाप्रबन्धक अपिल कोईरालाको अध्यक्षतामा सर्वसम्मत् नयाँ कार्य समिति निर्वाचित गरेको थियो ।)

saccosaawaj media

ऋण संघ ऐन (Credit Union Act) को आवश्यकता

सोमबार, साउन ५

निवर्तमान अध्यक्ष, नेफ्स्कून

saccosaawaj media

सहकारी मर्जरका लागि उत्प्रेरित नभए सरकार दबाब दिन बाध्य हुने

सोमबार, साउन ५

डा. टोकराज पाण्डे रजिष्ट्रार, सहकारी विभाग

saccosaawaj media

दिगो विकास लक्ष्य र सहकारी

सोमबार, साउन ५

दिगो विकास लक्ष्य र सहकारी