बिहीबार, वैशाख ६
०२:३५

नवलपरासीको शुभेच्छा साकोस प्रोबेसन कार्यक्रममा आबद्ध 

मंगलबार, भदौ २९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नवलपरासीको प्रतापपुर गाउँपालिका–७ मा अवस्थित शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लि. प्रोवेशन कार्यक्रममा आबद्ध भएको छ । भदौ २८ गते सोमबार संस्थाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष भगवन्त प्रसाद धवल र नेफ्स्कून रुपन्देही फिल्ड कार्यालयका इन्चार्ज छत्र प्रसाद जैसीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । 

प्रोबेसन कार्यक्रम नेफ्स्कूनले बचत तथा ऋणको कारोबार गर्ने आफ्ना सदस्य साकोसहरुको गुणस्तर सुनिश्चितताका लागि विकास गरेको राष्ट्रिय स्तरीकरण कार्यक्रम हो । सम्झौता कार्यक्रममा संस्थाका उपाध्यक्ष अभिनन्दन सिंह, सचिव भोला प्रसाद कुर्मी, कोषाध्यक्ष वलवन्त कुर्मी र व्यवस्थापक दिनेश कुमार कुर्मीको सहभागिता रहेको थियो भने नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत मनोज खड्का, भुमही सेवा केन्द्रका व्यवसाय सहायक नेत्र प्रसाद सापकोटा उपस्थित हुनुहुन्थ्यो ।  

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भगवन्त प्रसाद धवलले सहकारी सञ्चालनमा देखिएका कमी कमजोरी सुधार गर्न र संस्थाको दीगो विकासका लागि कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी व्यवस्थापक दिनेश कुमार कुर्मीले संस्था सञ्चालनको एक दशक पुग्न लागेको जानकारी गराउँदै संस्थासँग सदस्यहरुको अपेक्षा पनि बढिरहेको सन्दर्भमा सदस्य सेवा प्रभावकारी बनाउन, संस्थागत नीति नियममा सुधार गर्न र दीगो संस्था विकासका लागि प्रोबेशन कार्यक्रम महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो । 

२०६९ असोज २१ गतेदेखि सञ्चालनरत शुभेच्छा बचत तथा ऋण सहकारी संस्थामा हाल ३ हजार १२ सदस्य छन् भने ६८ लाख ३३ हजार सेयर पुँजी, ११ करोड २४ लाख बचत र १३ करोड ९५ लाख ऋण लगानी  रहेको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र