बिहीबार, वैशाख १३
०२:४२

अकूको ४० औं वार्षिक साधारण सभा भर्चुअल सम्पन्न

शुक्रबार, भदौ २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

एशियाली ऋण महासंघ (अकू) को ४० औं वार्षिक साधारण सभा भर्चुअल विधिबाट आज सम्पन्न भएको छ । कोभिड महामारीका कारण भौतिक उपस्थितिमा कार्यक्रम गर्न परिस्थिति अनुकूल नभएकाले अकूको साधारण सभा भर्चुअल आयोजना गरिएको हो । अकू अध्यक्ष योनसुक किमको अध्यक्षता रहेको सभाले वार्षिक प्रतिवेदन तथा लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ । अकूकी प्रमुख कार्यकारी अधिकृत एलेनिता भी स्यान रोकी (लेनी) ले व्यवस्थापन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सभामा आसन्न अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे (आइसीयू डे) लाई सफल पार्न खेल्नुपर्ने भूमिका तथा आयोजना गरिने कार्यक्रमका बारेमा समेत छलफल भएको थियो । प्रत्येक वर्ष अक्टोबरको तेस्रो बिहिबार मनाइने आइसीयू डे यो वर्ष अक्टोबर २१ (कार्तिक ४ गते) मनाइँदैछ । सभामा लेनीले कोरोना महामारीले पारेको असर र त्यसको न्यूनीकरणका चालिएका कदमका बारे पनि आज धारणाहरु प्रस्तुत गर्नुभएको थियो भने वर्षभरि भएका अन्य प्रमुख गतिविधिका बारेमा पनि संक्षिप्तमा प्रस्तुतीकरण गरिएको थियो । सभाले अकूको नयाँ सञ्चालक समितिका सदस्यहरुको निर्वाचन सन् २०२२ को मार्च महिना गर्ने गरी हाललाई स्थगित गरेको छ ।

त्यस्तै, सबैभन्दा ठूलो वार्षिक भेलाले दोलखाको जनसचेतन साकोसका पूर्व अध्यक्ष सहकारी अभियन्ता यज्ञराज ढुङ्गेललाई Outstanding Credit Union Volunteer र बिन्धवासिनी साकोस, बनेपाका प्रमुख कार्यकारी अधिकृत के बि लामालाई Credit Union Executive अवार्ड गर्ने अकूको निर्णयलाई समेत अनुमोदन गरेको छ । सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका तर्फबाट अध्यक्ष परितोष पौड्याल र कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल सहभागी हुनुहुन्थ्यो । अध्यक्ष पौड्याल साधारण सभा प्रतिनिधिका रुपमा र कामु प्रकाअ पोखरेल अवलोकनकर्ताका रुपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा अध्यक्ष पौड्यालले अकूका गतिविधिहरुमा नेफ्स्कूनको पूर्ण समर्थन तथा ऐक्यबद्धता जनाउँदै साधारण सभा सफलताको कामना गर्नुभएको थियो । सभामा अकू अध्यक्ष, सञ्चालक समितिका पदाधिकारी, उच्च व्यवस्थापनसँगै एशिया प्रशान्त क्षेत्रका सदस्य राष्ट्रका प्रतिनिधि तथा अवलोकनकर्ताहरुको सहभागिता थियो ।

सन् १९७१ मे १९ मा स्थापना भएको एशियाली बचत तथा ऋण सहकारीहरुको एक मात्र क्षेत्रीय महासंघ यसै वर्ष स्थापनाको ५० औं वर्ष प्रवेश गरेको छ ।


 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।