बिहीबार, वैशाख १३
१२:५१

‘चुनौतीहरुको सामना सहकार्यका आधारमा’

आईतबार, भदौ १४
एजेन्सी
saccosaawaj

(कोभिड–१९ को विश्वव्यापी संक्रमणले उब्जाएका स्वास्थ्य र आर्थिक संकटसँग विश्वका अन्य मुलुक झै महाशक्ति राष्ट्र अमेरिका पनि जुधिरहेको छ । विश्व स्वास्थ्य संगठन–डब्लुएचओका अनुसार आजसम्म १ लाख ७९ हजार ७ सय १६ जनाले ज्यान गुमाइसकेका र ५ लाख ८१ हजार भन्दा बढी संक्रमित भएको अमेरिका कोभिड–१९ प्रभावित मुलुकहरुको सूचीमा पहिलो नम्बरमा छ ।

यस्तो संकटपूर्ण अवस्था न्यूनीकरणका लागि सदस्यहरुको माध्यमबाट समुदायस्तरमा सामाजिक, आर्थिक तथा मनोसामाजिक परामर्श लगायत स्वास्थ्य सचेतना जगाउने काममा अमेरिकाको बचत तथा ऋण अभियान पनि अंग्रपक्तिमा खटिएको छ । सदस्यहरुलाई वित्तीय, गैरवित्तीय सहयोग र कर्मचारीको सुरक्षा गरी दुई किसिमका चुनौतीलाई सन्तुलनमा राख्न बचत तथा ऋण सहकारीहरुका अतिरिक्त छाता संगठन अहोरात्र लागिपरेको छ ।

यसबीच, अमेरिकाबाट प्रकाशित हुने “क्रेडिट युनियन” पत्रिकाले अमेरिकी बचत तथा ऋण सहकारी अर्थात् क्रेडिट युनियनहरुको एक मात्र राष्ट्रिय संघ–क्रेडिट युनियन नेशनल एशोसिएसन–कुनाका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत जीम नसलसँग चुनौतीपूर्ण बद्लिदो परिस्थितिमा कुनाले कसरी काम गरिरहेको छ भन्ने विषयमा कुराकानी गरेको छ । अमेरिकाका ५० वटै राज्यहरुमार्फत सदस्य संघ संस्थाहरुलाई सहकारी सेवा प्रदान गरिरहेको कुनाका गतिविधि नेपालका सहकारीकर्मी र विशेषतः साकोसकर्मीहरुका लागि पनि अत्यन्तै उपयोगी हुनसक्छ । प्रस्तुत छः साकोस आवाजका लागि रञ्जनमणि पौड्यालले  भावानुवाद गर्नुभएको उक्त अन्तर्वार्ताको सार संक्षेपः    सम्पादक)

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कोभिड–१९ का कारण तपाईको दैनिक कार्य सम्पादनमा कस्तो परिवर्तन आएको छ ?

अरु सबै कामकाजी व्यक्तिहरुलाई झै, कामका लागि भौतिक रुपमा कार्यालय जानुपर्ने नियमिततामा कोभिडको प्रकोपसँगै लागेको रोकले म पनि स्तब्ध छु । हामी सहकारीमा काम गर्नेहरु त झन् बढी जनसम्पर्कमा रहनुपर्छ । दैनिक थुप्रै व्यक्तिहरुसँग भौतिक रुपमा भेटेर कुराकानी गर्दथे । कुनाको वासिङ्टन कार्यालय भौतिक रुपमा पनि खुला र पारदर्शी ढंगले बनाइएको छ, जहाँ अन्य कर्मचारीहरु झै म पनि एउटा सानो चेम्बरमा स्वतन्त्रपूर्वक थुप्रै यस क्षेत्रका व्यत्तिहरुसँग सहकार्य र सहकारिताको लागि भेटघाट गर्दथे । बाटोमा पनि म धेरै हिड्दथे, क्रेडिट युनियनका कार्यालयहरुमा पस्ने र त्यहाँ कर्मचारीहरुसँग उनीहरु र आफ्ना कामकारवाहीका बारेमा जानकारी लिने र दिने गर्दथे तर अहिले परिस्थिति फेरिएको छ ।

कोभिडको प्रभाव सुरुभए यता मेरो घरको कार्यालयमै एक्लै बसिरहनुपर्दा दैनिकी पक्कै फेरिएको छ । तर पनि म यसै क्षेत्रका मानिसहरुसँग प्रविधिसँग जोडिएर दिनभरि कुरा गरिरहन्छु । इन्टरनेट तथा फोनका माध्यमबाट दैनिक सम्पर्कमा छु । पहिलाभन्दा बढी नै इन्टरनेट र फोनमा समथ व्यथित गर्ने काम बढेको छ । क्रेडिट युनियनका समकक्षीहरुसँग, नियामक निकायका कर्मचारीहरुसँग र अन्य सरोकारवालाहरुसँग सामान्य अवस्थामा भन्दा अहिले पक्कै नै बढी समय कुराकानी गर्न पाएको छु ।

 

 

 

 

 

 

 

 

 

 

 

क्रेडिट युनियनहरुबाट कस्ता कुराहरु आइरहेका छन् अहिले ?
म साँच्चिकै क्रेडिट युनियनहरुप्रति कृतज्ञ छु । अहिले वास्तविक रुपमा भन्ने हो भने हामीहरुबीच एकदमै इमान्दार र खुल्ला वार्तालापहरु हुन्छन् । संकटको समयमा हामी सबै क्रेडिट युनियनहरु एकजुट भएर आफ्ना सदस्यहरुका लागि हरसम्भव सहयोग गर्न साँच्चिकै लागिपरेक छौं भन्नेप्रति सबैजना गम्भीर पाएँ । त्यसैले मैले अहिले सुन्ने पहिलो कुरा हो अभियानका रुपमा ‘हामी’ भन्ने सबैको प्रतिबद्धता । यो समय जो जति सीइओहरुसँग कुरा गरे उनीहरु सबैजना ‘अब हामी के गर्ने ? यो समस्या हामी कसरी समाधान गर्ने ? हामी कसरी अगाडि बढ्ने ? ’ भन्ने सबैको जिज्ञासा पाएँ । यो समय मैले कुरा गरेका एक जना पनि सीइओले ‘भयो, धन्यवाद । मेरो क्रेडिट युनियनको चिन्ता गर्नुपर्दैन । हामी आफ्नै तरिकाले काम गर्छौ ’ भनेको पाइनँ ।

कुनाको नेतृत्वको रुपम यो एकदमै उत्प्रेरणा दिने कुरा हो कि हाम्रा सदस्यहरु हामीसँग मिलेर काम गर्न र अघि बढ्न चाहन्छन् । त्यही भएर हामीले हाम्रा प्रत्येक सदस्यहरुलाई हरेक प्रकारका समस्यामा सहजिकरण गर्ने प्रत्यनलाई थप बलियो बनाएका छौं । त्यसका लागि दैनिक टेलिफोन तथा अन्य अभौतिक माध्यमबाट सम्पर्क गर्ने विधि स्थापित गरेका छौं । म बारम्बार यो समयमा श्रोत र मार्गनिर्देशन आवश्यक परेको हाम्रा सदस्य संस्थाहरुबाट सुनिरहेको छु । सदस्यहरुलाई आवश्यक सहयोग गर्नु, उनीहरुले खोजेको बेला उपलब्ध हुनु र उनीहरुको मागको सम्बोधन गर्नु हाम्रो कर्तव्य र दायित्व हो । उनीहरुका यावत् समस्याहरुको संगठित, वैज्ञानिक र सामयिक समाधानका लागि “कोभिड–१९ श्रोत केन्द्र” को जन्म भएको हो । त्यसैगरी, हामीले कोभिड–१९ रिस्टार्ट एण्ड रिकभरी टास्क फोर्सको पनि स्थापना गरेका छौं । स्वास्थ्य सचेतनाका लागि इ–स्कूलको व्यवस्था पनि छ ।

हामीले जस्तो सुकै आकार र अवस्थाका क्रेडिट युनियनलाई सहयोग गरिरहेका छौं । गएको साता मात्र हामीले साना क्रेडिट युनियनहरुलाई महामारीको समयमा समुदायमा सामना शक्ति कायम राख्न के कस्ता आवश्यकताहरु छन् र तिनको समाधानमा रहेको चुुनौतीहरु  बारे निःशुल्क वेबिनार सत्र चलायौं । यी सबै काममा सहकार्यहरु जोडिएका छन् । हाम्रो समूह देशभरका सबै क्रेडिट युनियनहरुलाई आवश्यक सहयोगका लागि खटिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

महामारी र आर्थिक संकटसँग जुध्ने विषयमा क्रेडिट युनियनहरुले गरेका कुनै कार्यबाट तपाई अचम्मित् हुनुभएको छ ? 

कोभिड–१९ बाट उत्पन्न परिस्थितिको सम्बोधनलाई लिएर क्रेडिट युनियनहरुले चालेको कदमबाट म अचम्मित् छैन । मलाई अभियानसँग एकदमै भरोसा छ । जब हामी “सदस्यहरुद्धारा सदस्यहरुकै लागि सहयोग” भन्छौ, त्यो साँचो अर्थमा भन्छौं, देखावटी होइन । जब म यो पदबाट अलग हुन्छु, तब यो अभियानमा संलग्न रहेको दौरान मैले अभियानकर्मीहरुसँग गरेका हजारौं वार्तालापहरुको हिसाब निकाले भने, क्रेडिट युनियनहरुले सहयोग पुर्याएको मानिसहरुको संख्या साँच्चिकै अपत्यारिलो झै निस्कनेछ ।

क्रेडिट युनियनको विश्वव्यापी ध्येय र मुल्यप्रति हाम्रा सदस्य संस्थाहरुकोे लगाव र समर्पणप्रति म एकदमै आभारी छु । यसैगरी, हाम्रा कर्मचारीहरुको कामको पनि उच्च मुल्याङ्कन गर्न चाहन्छु । मलाई लाग्दैन कि कुनै पनि ऋण अधिकृत वा टेलरले विश्वव्यापी महामारीको समयमा यस प्रकारको सेवा प्रदान गर्नुपर्छ भन्ने अपेक्षा विगतमा गरेका थिए होलान् । तर पनि उनीहरुले एकदमै बहादुरीपूर्ण काम गरेका छन् । कार्य सम्पादनमा कुनै कमी हुन दिएका छैनन । 

यसैगरी, विभिन्न ठाउँहरुबाट मैले खबर प्राप्त गरेको छु कि क्रेडिट युनियनका कर्मचारीहरुले कोभिड महामारी प्रभावित सदस्यहरुलाई दिलोज्यानले सहयोग गरेका छन् । आकस्मिक ऋण, हर्जाना छुट, वित्तीय योजना निर्माणमा सहयोग, पीपीपी ऋण सहयोग लगायत थुप्रै किसिमका सहयोग पुर्याएका छन् । यसैकारण बढीभन्दा बढी मानिसहरुले क्रेडिट युनियनहरुले यो आपतको समयमा पुर्याएको अथक सहयोग बारेमा आफ्ना भावनाहरु अभिव्यक्त गर्न सकुन भनेर हामीले AmericasCreditUnions.org को पुनः सुरुवात गरेका छौं । यसकारण म अचम्मित् होइन गौरव महसूस गरिरहेको छु ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सामाजिक न्याय तथा जातीय विभेद विरुद्ध किन सधै तपाई आवाज उठाइरहुनभएको छ ? 

यो एकदमै कठिन छ । साँच्चै भन्ने हो भने एउटा गोरो छाला भएको र सामाजिक आर्थिक अवस्था राम्रै भएको अमेरिकी नागरिकको नाताले मैले यस्ता विषयका विरुद्धमा केही बोल्नु पर्ने वा बहस गर्नुपर्ने आवश्यकता होइन । आफुलाई प्रत्यक्ष असर नपर्ने विषयमा मौन रहन वा आफुलाई अलग्ग राख्न कुनै असजिलो पनि थिएन । यद्यपि, समयले मलाई के सिकाएको छ भने मेरौ मौनता पीडादायक हुन्छ । व्यक्तिगत तथा व्यावसायिक रुपमा पनि मैले धेरै व्यक्तिहरुसँग छलफलहरु गरेको छु जसले के टुङ्गोमा पुर्याएको छ भने जातीय विभेद तथा असमानता जति अरुका समस्या हुन्, ती त्यति नै मेरा पनि हुन् । 
मलाई के पनि लाग्छ भने सकारात्मक परिवर्तनको प्रत्याभूतिका निम्ति क्रेडिट युनियन अभियानको महत्वपूर्ण भूमिका छ । हामी लाखौं अमेरिकीहरुको वित्तीय सक्षमताको लागि सहयोग पुर्याउँदछौं र त्यो कामको सफलताको लागि पनि हामीले यस्ता विभाजनका पर्खालहरु भत्काउने अभियानमा साथ दिनुपर्छ । आखिर जो यस्तो अन्यायमा परिरहेका छन्, उनीहरु पनि त हाम्रै सदस्य हुन । अहिलेको समयमा यो एकदमै महत्वपूर्ण छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सन् २०२० को बाँकी समय तपाईका प्राथमिकताहरु के हुनेछन् ?

सन् २०२० को बाँकी समयका बारेमा म केही पुर्वानुमान गर्न चाहन्न किनकि समय नै यस्तै छ । यो वर्ष यदि हामीले एउटा मात्र कुरा सिक्यौ भने, त्यो भनेको कुनै पनि कुराको पुर्वानुमान असम्भव छ भन्ने नै हो जस्तो लाग्छ । यद्यपि, परिस्थिति अनुसार मेरो अबको ध्यान पनि अघि भनेजस्तै क्रेडिट युनियनका लीग तथा प्रारम्भिक संस्थाका सञ्चालक तथा व्यवस्थापन समूहहरुसँग निरन्तर सम्वादमा रहने नै हो । यो समयमा मलाई क्रेडिय युनियन लीगहरुले आयोजना गरेका थुप्रै भर्चुअल छलफलहरुमा भाग लिने अवसर प्राप्त भयो । त्यस्ता छलफलका माध्यमबाट देशका विभिन्न भागमा रहेका क्रेडिट युनियनहरुसँग निरन्तर सम्पर्कमा रहन सम्भव भयो । यसैगरी, नियमित सञ्चालन हुने कुना र लीग वकालत सम्पर्क मञ्च तथा ट्वीटरका माध्यमबाट समेत बहुउपयोगी छलफलहरुमा भाग लिने मौका मिलेको छ । यी माध्यमबाट केही चासो र गुनासो भएका विभिन्न सीइओहरुसँग प्रत्यक्ष छलफल गर्न सम्भव भएको छ । म विश्वस्त र सुरक्षित रुपमा भन्न सक्छु, यो बीचमा मैले ३,४०० भन्दा बढी सीइओहरुसँग अभौतिक रुपमा प्रत्यक्ष सम्वाद गरिसकेको छु ।

अब हामी सबैले बुझिसक्यौं, यो महामारी सजिलै र चाँडै हामीबाट बिदा हुँदैन । यसले गर्दा हाम्रा आर्थिक चुनौतीहरुपनि हामीसँग लामो समयसम्म रहने छन् । त्यही भएर यस्ता दूरगामी चुनौतीहरुको सामना सहकार्यका आधारमा एकभएर गर्नुको विकल्प छैन । अब यो वर्षको मेरो बाँकी समय सदस्य क्रेडिय युनियनका कुराहरु सुन्ने, उनीहरुका प्रयास र सुझाबहरुबाट सिक्ने र सदस्यहरुलाई आवश्यक सहायता उपलब्ध गराउने काममा नै खर्च हुनेछ ।
 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।