शुक्रबार, वैशाख १४
०५:३९

सहकारी अभियन्ता सिग्देलको निधन

मंगलबार, साउन १२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सहकारी अभियन्ता एवम् समाजसेवी राम प्रकाश सिग्देलको ५४ वर्षको उमेरमा आज असामयिक निधन भएको छ । उहाँ नवलपरासी सुस्तापूर्व बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्ष, जिल्ला सहकारी संघ लिमिटेड नवलपुरको उपाध्यक्ष र गैंडाकोटस्थित  छहारी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुनुहुन्थ्यो । 

कोभिड संक्रमणका कारण गत दुई हप्तादेखि उपचाररत सिग्देलको आज चितवन मेडिकल कलेज, भरतपुरमा निधन भएको नवलपरासी सुस्तापूर्व जिल्ला बचत संघका उपाध्यक्ष होमनाथ जैसीले जानकारी गराउनुभयो । 

जिल्ला सहकारी संघ नवलपुरको स्थापनाकालदेखि सहकारी क्षेत्रमा क्रियाशील स्व.सिग्देलले सहकारी अभियान एवम् समाजसेवाका हरेक गतिविधिमा सक्रिय योगदान पुर्याउँदै आउनुभएको थियो । सहकारी अभियन्ता एवम् समाजसेवी स्व.सिग्देलप्रति हाम्रो पनि हार्दिक श्रद्धाञ्जली ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र