शुक्रबार, चैत्र १६
१२:१३

गुरुकुल विधापीठमा उद्यम विकासको खाद्यान्न सहयोग तथा वृक्षारोपण

सोमबार, साउन ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । प्रदेश नं. १ झापाको दमकस्थित उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको १३औं स्थापना दिवसको अवसरमा श्री वशिष्ठ संस्कृत गुरुकुल विधापीठमा वृक्षारोपण कार्यक्रम गरेको छ । 

दमक ४ मा रहेको श्री वशिष्ठ संस्कृत गुरुकुल विधापीठमा हिजो उन्नत जातका  २ बोट आँप, २ बोट लिच्ची र १ बोट रुद्राक्षको बिरुवा रोपिएको संस्थाका अध्यक्ष चन्द्रा खड्का भट्टराईले जानकारी दिनुभयो । संस्थाले गुरुकुलमा अध्ययनरत ४९ जना विद्यार्थीहरुलाई केही खाद्यान्न सामाग्री समेत उपलब्ध गराएको थियो । आवासीय दुई तले भवन सहित करिब १ विघा जमिन रहेको गुरुकुल विद्यापीठमा उन्नत जातका फलफुल तथा रुद्राक्षको वगैचा बनाउन सकिने भन्दै संस्थाले स्थापना दिवसको अवसरमा बृक्षारोपणलाई प्रमुखता दिएको अध्यक्ष खड्काले बताउनुभयो । सहकारीको सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रम अन्तर्गत गुरुकुलमा अध्ययनरत बटुकहरुलाई केही सहयोग गर्ने उद्देश्य रहेको उहाँले जोड्नुभयो । 

स्थानीय निकायको समेत सहयोग तथा समन्वय रहेको गुरुकुल विद्यापीठमा स्थानीय व्यक्तिहरुले पनि विभिन्न धार्मिक उत्सव तथा कार्यक्रमहरुमा गुरुकुललाई सम्झिने गरेका छन् । गुरुकुल विद्यापीठकी उपाध्यक्ष समेत रहनुभएकी खड्काले भन्नुभयो, स्वस्थ प्राकृतिक वातावरण, विद्यार्थीहरुका लागि आवासको व्यवस्था सहित गुरुकुल भित्रै गाईपालन पनि गरिएको छ । २०६६ सालमा स्थापित निशुल्क रुपमा पढाइहुने गुरुकुल विद्यापीठमा शास्त्री सम्मको पढाइ हुन्छ । 

नेफ्स्कूनकी निवर्तमान सञ्चालक समिति सदस्य समेत रहनुभएकी अध्यक्ष चन्द्रा खड्का भट्टराई को अध्यक्षतामा आयोजित कार्यक्रममा गुरुकुल विधापिठका अध्यक्ष राजेन्द्र भट्टराई प्रमुख अतिथि र कुलप्रसाद भट्टराई विशिष्ट अतिथि रहनुभएको थियो ।

१३औं बर्ष प्रवेश गरेको उद्यम विकास साकोसमा हाल २२ सय सदस्यहरु मार्फत करिब १० करोड २२ लाख बराबरको कारोबार छ । नेफ्स्कूनद्वारा प्रवर्धित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसनमा आबद्ध साकोसले सदस्यहरुको उद्यमशीलता विकासमा पनि निकै जोड दिएको छ । नेफ्स्कूनको सहकार्यमा राष्ट्रिय युवा परिषद् द्वारा ११ वटा समुहलाई उपलब्ध गराइएको निर्ब्याजी युवा उद्यमशीलता ऋण मार्फत धेरै उद्यमशील समुहहरु उद्यममा सफल रहेको पनि अध्यक्ष खड्काले बताउनुभयो ।  

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र