शुक्रबार, वैशाख ७
०७:०२

दुःखको साथी सहकारी

शुक्रबार, भदौ १२
एजेन्सी
saccosaawaj

ओटावा, १२ भदौं । कोभिड–१९ को महामारीले अन्यत्र महादेशहमा झै अफ्रिका महादेश पनि आक्रान्त छ । गरिबीको मारसँगै अफ्रिका अहिले कोभिडको समस्यासँग जुधिरहेको छ । यसरी दुःखमाथि दुःखको वज्रपातलाई केही हदसम्म भएपनि कम गर्न उक्त महादेशका दुई मुलुकहरु इथोपिया र घानालाई उत्तर अमेरिकी महादेशको वैभवशाली राष्ट्र क्यानाडाको एक सहकारीले आर्थिक सहायता उपलब्ध गराउने भएको छ । 

 

 

 

 

 

 

 

 

 

 

 

क्यानेडियन सरकारसँगको साझेदारीमा कोअपरेटिभ डेभलेपमेन्ट फाउन्डेशन अफ क्यानाडा (सीडीएफ) ले एक्सेस नामक परियोजनामार्फत इथोपिया र घानाका अति विपन्न ग्रामीण समुदायलाई २ मिलियन अमेरिकी डलर अर्थात् साढे २३ करोड नेपाली रुपैयाँ सहयोग प्रदान गर्ने जनाएको छ । खासगरी कोभिडको महामारी र संक्रमणसँगै अर्थोपार्जनका माध्यम खुम्चिदाँ हातमुख जोड्न समस्यमा परेकाहरुलाई लक्षित गरी सीडीएफले तत्काल उक्त सहायता प्रदान गर्ने बताएको छ ।  उक्त परियोजनामार्फत ती मुलुकका गरिबीको मारसँगै कोभिडबाट प्रभावित १२ हजार ग्रामीण घरपरिवारहरुलाई कृषि कार्यमा आवश्यक सामाग्री, बजार व्यवस्थापन तथा पुँजीको सहयोग उपलब्ध गराइने छ । कृषि उत्पादनको वृद्धिसँगै बजारको पहुँचमा गरिने सहयोगले अन्ततोगत्वा कृषकहरुको आम्दानीमा बढोत्तरी हुने सीडीएफको ठम्याइ छ । 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

एक्सेस परियोजनाले स्थानीय बजार बिकासका लागि सहकारीहरुसँग मिलेर अल्पकालीन खाद्य सुरक्षाका उपायहरु अबलम्बन गर्न सहयोग गर्ने छ । त्यसका लागि कोभिडको समयमा करेसाबारी खेती (किचन गार्डन), उत्पादन भित्राउने बेलामा हुने क्षति न्यूनीकरणका उपायहरु तथा भन्डारण सहजताका लागि परियोजनाले सहयोग गर्नेछ ।
 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।