मंगलबार, वैशाख ११
०५:०३

७५ औं वर्षमा यात्रारत अमुल दुग्ध सहकारी; वार्षिक कारोबार ७.१ विलियन अमेरिकी डलर नाघ्यो

बिहीबार, साउन ७
एजेन्सी
saccosaawaj

एजेन्सी । सन् २०२१ भारतस्थित अमुल दुग्ध सहकारीको ‘डायमन्ड इयर’ हो । ७५ औं वर्षमा यात्रारत अमुलको कुल बार्षिक कारोबार ७.१ विलियन अमेरिकी डलर नाघेको छ । यो जानकारी मंगलबार आयोजित अमुलको ४७ औं वार्षिक साधारण सभाका क्रममा दिइएको हो । कोभिडका बाबजूद दुध र दुग्धजन्य सामाग्रीको बिक्री वितरणमा वृद्धि भएको अमुलले जनाएको छ । अमुलको स्थापना सन् १९४६ को डिसेम्बर १४ मा भएको थियो । बेलायती उपनिवेशबाट भारत स्वतन्त्रत हुनु एक वर्षअघि अमुल स्थापना भएको हो । त्यसैकारण अमुलको अभियानलाई भारत स्वतन्त्रताको अभियानको पर्यायका रुपमा समेत लिइन्छ । विचौलियाको अन्त्य र कृषकहरुलाई अधिकतम लाभको उद्देश्यसहित पश्चिम भारतको गुजराज राज्यस्थित दुई वटा सानो गाउँका किसानहरुले संगठित भई प्रतिदिन २४७ लिटर दुध संकलन गरेर सुरु गरेको अमुल सहकारीले आज अधिकतम २ करोड ९० लाख लिटर सम्म दुध संकलन गर्ने गरेको छ ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले सन् २०२० मा सार्वजनिक गरेको विश्वका ३ सय ठूला सहकारीको सूचमा भारतको इफ्को पछि दोस्रो नम्बरमा अमुल रहेको थियो । अमुलले दुधबाहेक बटर, पनिर, घीउ, चीज, आइसक्रिम, चकलेट, जाम आदि खाद्यवस्तु तयार गरी बिक्री बितरण गर्दै आएको छ ।

कृषकहरुको शोषणका विरुद्ध कसरी काम गर्न सकिन्छ भन्ने उपायको खोजीमा किसानहरु देशभक्तका रुपमा कहलिएका सरदार बल्लभभाई पटेल समक्ष पुगेका थिए । उनैले किसानहरुलाई बिचौलियाहरुको हालीमुहाली तोड्न आफै संगठित भई सहकारी स्थापना गर्न सल्लाह दिएका थिए । फलतः उनीहरुले सन् १९४६ मा काइरा जिल्ला सहकारी दुग्ध उत्पादक संघ लि. गठन गरे र सुरुमा २ गाउँमा गठित भिलेज डेरी कोअपरेटिभ सोसाइटीबाट करिब २४७ लिटर दुध संकलन गरे । त्यसैको विकसित रुप आज अमुल भएको छ । अमुल दुग्ध सहकारीका संस्थापक अध्यक्ष त्रिभुवनदास पटेल हुनुहुन्छ । सन् १९५० पछि अमुललाई डा.भर्गिज कुरियनले हाँक्ने काम गर्नुभयो । गुजरातको आनन्दमा अवस्थित अमुल दुग्ध सहकारीको कारोबार व्यवस्थापन गुजरात कोअपरेटिभ मिल्क मार्केटिङ फेडेरेशन ९जीसीएमएमएफ० ले गर्दछ । हाल अमुलको प्रमुख कार्यकारी अधिकृत आर एस सोधी हुनुहुन्छ । 

 

 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।