बिहीबार, वैशाख १३
०७:३४

सहकारी बचत्

आईतबार, साउन ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

प्रतिक पौडेल

थोपाको कणले र विन्दु जलले, घैंटो भरेझैँ गरी ।
पैसा खर्च नगर्नु हे जनहरु, वेहोसमा नै परी ।।
आमा बाबु र दाजु भाइ सबले, बुझ्नै पर्यो यो कुरा ।
पूरा हुन्छ अवश्य एकदिन जे, सोच्छौं त्यही नै पूरा ।।

 

धेरै नै सुविधा छ यो बुझ सखे, साँच्चै यहाँ आखिर ।
ढुक्कै हुन्छ भविष्यमा बचतले, गर्नै नपर्ने पिर ।।
यसले अन्तिममा खुसी सरसिलो, छर्दिन्छ आभा सरि ।
बेलैमा सबथोक बुझ्न नसके, चल्ने छ झन मन्परि ।।

 

हाम्रो यो अब खुत्रुके सरि भयो, जम्मा भई बस्दछ ।
टाढा छैन बुडोलको नजिक हो, पैसा सबै बच्दछ ।।
पैसा हात परे नि त्यो मयल झैं, उड्नेछ पंक्षी बनी ।
आई राख बुडोलमा धन सबै, बन्छौं तिमी नै धनी ।।

 

राख्ने मात्र कदापि होइन यहाँ, पाइन्छ झिक्नै पनि ।
यस्तो साथ अवश्य दिन्न अरुले, साथी भएता पनि ।।
गर्दै प्रेम हटाउ द्धेष मनको, भन्दै प्रतिज्ञा गरौं ।
राखी द्रव्य खुसी भई जगतमा, झन स्वावलम्बी बनौं ।।

 

मान्छेले पनि साथ छोड्छ अब ता, निर्दो भए आखिर ।
गाली सुन्नु पर्यो भने हर घडी, झुक्नेछ हाम्रो शिर ।।
हाम्रो जीवन शान्त बन्दछ भने, पैसा नफालौं फगत ।
आऊ हात समाउँ मित्र जन हो, गर्नेछु भन्दै बचत ।।

 

(६४ औं राष्ट्रिय सहकारी दिवसका अवसर पारेर काभ्रेको बनेपास्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको शिक्षा तथा प्रकाशन उपसमितिले आयोजना गरेको कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल कविता । प्रतियोगिताका विजयीहरुलाई २०८ औं भानु जयन्तीको अवसर पारेर गते असार २९ गते मंगलबार बनेपामा आयोजित कार्यक्रमकाबीच पुरस्कृत गरिएको थियो । प्रथम स्थान प्राप्त गर्न सफल प्रतिक पौडेलले ३ हजार नगद र प्रमाण पत्र प्राप्त गर्नुभएको थियो । बनेपा ६ स्थित नैमिषारण्य संस्कृत गुरुकुलम् बनेपामा कक्षा ९ मा अध्ययनरत पौडेलले लेख्नुभएको कविता शादूर्लविक्रिडित छन्दमा छ ।)

 

 

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ