बिहीबार, असोज २०
०४:४७

समाचार

३ दिने व्यावसायिक योजना तर्जुमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु

saccosaawaj media
शुक्रबार, मंसीर १२

उत्पादनको क्षेत्रमा सहकारीहरुको त्यसमा पनि बचत तथा ऋण सहकारीहरुको भूमिका स्थापित गर्ने उद्देश्यका साथ पछिल्लो समय नेफ्स्कूनले आइएलओसँगको रणनीतिक सहकार्यमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउँदै आजको कार्यक्रमको उद्देश्य पनि व्यावहारिक व्यावसायिक योजना निर्माणका साथ उत्पादनका क्षेत्रमा जोडिने अवसरको मार्ग प्रशस्त गर्नुभएको उल्लेख गर्नुभयो ।

पूर्वमा साकोस एकीकरण अभियान तीब्र बन्दै

saccosaawaj media
शुक्रबार, मंसीर १२

संस्थागत दीगोपना, सबल आर्थिक अवस्था र सदस्यहरुका लागि सम्पूर्ण सेवाको सन्तुष्टिका लागि एकीकरण अनिवार्य छ । यसका लागि नेफ्स्कून हाम्र्रो पथप्रदर्शक हो । नेफ्स्कूनले विभिन्न समयमा जारी गरेका मार्गदर्शन र कार्यविधिलाई टेकेर एकीकरण अभियान अगाडि बढाउन सबै सहकारी संघ संस्था र स्थानीय निकायबाट सहयोग पनि प्राप्त भएको छ ।

निक्षेप सुरक्षण कोष सम्बन्धमा हेटौडामा परामर्श कार्यशाला गोष्ठी सम्पन्न 

saccosaawaj media
बिहीबार, मंसीर ११

सहकारी विज्ञ एवम् पूर्व सहकारी रजिष्ट्रार सुदर्शन प्रसाद ढकालले उक्त विषयको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता नेफ्स्कून सञ्चालक सदस्य विद्या कोइरालाले गर्नु भएको थियोे ।

नेफ्स्कूनले तयार पारेको ६ वटा मस्यौदा कार्यविधि सहकारी मन्त्रालयमा बुझाइने

saccosaawaj media
बिहीबार, मंसीर ११

भक्तपुरमा आज अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको सहयोग एवम् नेफ्स्कूनको आयोजनामा “कर्जा असुली न्यायाधिकरण मस्यौदा कार्यविधि परामर्श गोष्ठी”मा बोल्दै नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले उक्त जानकारी गराउनुभएको हो ।

“उत्पादन उप्रान्त तरकारीबालीको व्यवस्थापन र क्षति न्यूनिकरण” सम्बन्धी २ दिने...

saccosaawaj media
बिहीबार, मंसीर ११

सहकारीमार्फत परम्परागत कृषि प्रणालीमा समय सापेक्ष परिवर्तन गर्दै कृषिमा यान्त्रिकीकरण, प्रविधिमैत्री बजारीकरणमा, नवीन पद्धतिहरुको पहिचान र प्रयोगसँगै सदस्य र समुदायको आर्थिक समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले आइएलओ नेपालसँगको रणनीतिक साझेदारीको कार्यक्रम अन्तर्गत आज किसानहरुको सहर भक्तपुरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

लैंगिक हिंसा बिरुद्धको अभियानमा ऐक्यबद्धता जनाऔं

saccosaawaj media
बिहीबार, मंसीर ११

कानुनको प्रभावकारी कार्यन्वयनमा जोड दिनुपर्दछ । कानुनी उपचार खोज्ने हिंसा पीडितलाई प्रक्रियागत झमेलामा नअल्झाउने, ब्यक्तिगत गोपनियता कायम राख्ने र उसलाई समाज, मिडियाको अवाञ्छित हस्तक्षेप बाट सुरक्षित राखी, यथाशीघ्र न्याय संगत निर्णय, मेलमिलाप वा कारवाही सम्पन्न गराउन न्यायिक प्रणालीमा निश्पक्ष र छरितो कार्यसम्पादन मा जोड दिने । अन्यायको समयमै कानुनी उपचार, दण्ड संजाय भयो भने, पिडकको मनोबल कम हुन्छ र पिडक मा पैदाहुने प्रतिहिंसा, बदला वा आत्महत्या जस्ता भावना जागृत हुंदैन । यसरी नै क्रमिक रुपमा, हिंसा सचेत र हिंसामुक्त समाज निर्माण गर्न सकिन्छ ।