७ वर्षको अनुभवले यस क्षेत्रमै रस बसाएको छ । सहकारीबाहेक अरु सोचेकी छैन ।
हाल म बौद्धस्थित अजम्बरी साकोसको अत्तरखेलस्थित सेवा केन्द्र इन्चार्ज (बरिष्ठ अधिकृत) को रुपमा कर्यरत छु ।
आर्थिक वर्ष २०७८/७९ मा सहकारीलाई तोकिएर भएका व्यवस्थाहरु र तोकिन नसकिएका विषयहरुमा निरन्तर बहस पैरवीको आवश्यकता रहेको छ । यस तर्फ सबै संघहरु महा संघ निरन्तर पहलमा रहन जरुरी छ ।
राष्ट्रिय युवा परिषद् र नेफ्स्कून बीचको सहकार्यबाट सानो आकारमा युवा उद्यमशिलता विकास कार्यक्रमको आरम्भ भएको छ । सहकारी, नेफ्स्कून र युवा परिषद्को साझा कार्यक्रम जुन रुपमा अगाडि बढेको छ, त्यो नेफ्स्कूनले कुनै लाभ लिने उद्देश्यका साथ नभएर एउटा सामाजिक योगदानको हिसावले शुद्ध भावका साथ कार्यक्रम अगाडि बढाएको हो ।
वित्तीय सहकारीहरुको मूख्य कार्य वचतलाई अति सुरक्षित ढंगबाट ऋणमा परिचालन गर्नु हो । वित्तको व्यवस्थापन एउटा प्राविधिक विषय भएकोले यसको लागि विशेष ज्ञान, सीप र क्षमताको आवश्यकता पर्दछ । वित्तीय सहकारीहरुले आफ्ना सदस्यहरुबाट संकलन गरेको वचत र सेयरको रकमका साथै संस्थाका कोषहरुलाई होशियारीपूर्वक निश्चित मापदण्डको कडाईका साथ पालना गरेर व्यवस्थापन गर्ने हो भने समस्या आउँदैन ।
ऐन कै दफा ८० अनुसार कालो सूचीको ब्यबस्था, दफा ८१ बमोजिम कर्जा सूचना केन्द्र र दफा ८२ बमोजिम कर्जा असुली न्यायाधिकरण गठन गरेमा सहकारी अभियानमा दोहोरा सदस्यता कुनै समस्या वा चुनौती नभई अवसर बन्न पुग्दछ ।