नेफ्स्कून र कास्कून साझेदारी कार्यक्रम अन्तर्गत पुस २२ गतेदेखि २४ गतेसम्म आयोजना हुने तालिममा सहभागिताका लागि कास्कूनले आग्रह समेत गरेको छ ।
नेफ्स्कून को २९ औं वार्षिक साधारणसभा अन्तर्गत आज लुम्बिनी प्रदेशको बुटवलमा बिस्तारित मञ्च आयोजना हुँदैछ । सातै प्रदेशमा आयोजना गरिने बिस्तारित मञ्चका कार्यक्रम अन्तर्गत कार्तिक २३ गतेदेखि क्रमशः प्रदेश नं. १, २, बागमती प्रदेश र गण्डकी प्रदेशमा बिस्तारित मञ्चका कार्यक्रम उत्साहप्रद रुपमा सफलतापूर्वक सम्पन्न भएका छन् । आज लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देहीको बुटवलमा बिस्तारित मञ्चको पूर्व निर्धारित कार्यक्रम रहेको छ ।
बचत तथा ऋण सहकारी संस्थालाई सुव्यवस्थित, मर्यादित एवं विधिसम्मत तरिकाले सञ्चालन गरी सुशासनको स्तरमा उत्कृष्टता कायम गर्न नेफ्स्कूनले पढ्नै पर्ने महत्वपूर्ण तीन पुस्तक प्रकाशनमा ल्याएको छ ।
महामारीमा सदस्य संघ/संस्थाहरूलाई सेवा निरन्तरता सम्बन्धमा नेफ्स्कूनद्वारा जारी गरिएको सन्देश
भदौ १ । वित्तीय बजारको विद्यमान अवस्थालाई मध्यनजर गर्दै संघले आजदेखि (२०७७ भदौ १) लागुहुने गरी व्याजदर परिमार्जन गरेको छ । संघको साउन ३० गते बसेको सञ्चालक समितिले सबै प्रकारका सेवाहरुमा व्याजदर परिमार्जनका विषयमा तपशिलको निर्णय गरेको जनाएको छ ।