'सहकारी समन्वय सञ्जाल'
‘सहकारी समन्वय सञ्जाल’ राज्यसँग पुग्ने प्रभावकारी माध्यम हो
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारी समन्वय सञ्जाल’ राज्यसँग पुग्ने प्रभावकारी माध्यम हो

काठमाडौं । सहकारी क्षेत्रका मुख्य सरोकारवालाहरुले सहकारी समन्वय सञ्जाल राज्यसँग पुग्ने प्रभावकारी माध्यम भएको दाबी गर्दै यसको प्रभावकारितामा कमी आउने नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले सहकारी क्षेत्रमा विद्यमान संकट समाधानका साथै यस क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदान र सम्भावनाहरुबारे राज्य र सरकारलाई सही रुपमा जानकारी गराउन पनि यो लुज फोरम एकदमै उपयोगी हुने विश्वास व्यक्त गर्दै यसको औचित्य झनै बढ्दै गएको दाबी गरेका छन् । सहकारी अभियान, सरकार, राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुसँगै स्थानीय निकायदेखि अन्तर्राष्ट्रिय निकायहरुको समेत सञ्जालमा सहभागिता रहेको भन्दै यो बृहत् फोरमको औचित्य पनि बृहत् नै भएको बताएका हुन् ।

मुलुकको सहकारी क्षेत्र तथा यसका मुख्य सरोकारवाला निकायहरुबीचको लुज फोरमका रुपमा रहेको 'सहकारी समन्वय सञ्जाल' को ५३औं बैठकका सहभागीहरुले आज यस्तो धारणा राखेका हुन् । सञ्जालको बैठक नेफ्स्कूनको सौजन्यमा काठमाडौंको नयाँ बानेश्वरमा सम्पन्न भएको हो ।

बैठकमा महासंघकी अध्यक्ष मल्लले केही सहकारीमा समस्या आएपनि प्रचार गरिएजस्तो क्षेत्र नै संकटमा परेको वा सबैनै नराम्रो नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यस्तो नकारात्मक भाष्य चिर्न पनि यो सञ्जालको उपादेयता हुनसक्छ किनकि हामी सबैले आ–आफ्नो क्षेत्र र जिम्मेवारीबाट सहकारीका सम्बन्धमा गलत प्रचारबाजीहरु चिर्न सक्छौं र त्यसको प्रयास सबैले गर्नुपर्छ । धेरै सहकारीले गरेका धेरै राम्रा कामहरु ओझेलमा पारिएको छ । नेफ्स्कूनले आज गरेको प्रस्तुतीकरणबाट पनि सहकारी क्षेत्रको योगदान प्रष्ट भएको छ ।’

यो फोरममार्फत धेरै काम गर्न सकिने धारणा महासंघ अध्यक्ष मल्लको थियो । उहाँले सहकारी अभियानका विद्यमान चुनौतीहरु, समस्याहरु र अबको दिशाबोधका लागि सहज हुने दृष्टिले मुख्य सरोकारवालाहरुको बृहत् सहभागितामा महासंघले बृहत् नीति संवाद आयोजना गर्ने पनि जानकारी गराउनुभयो ।

महासंघ अध्यक्ष मल्ले आजको बैठकमा उठेका विषयहरुको एकमुष्ट सम्बोधन गर्दै बहसपैरवीमा कुनै कसर बाँकी नराखिएको, धेरै सकारात्मक पहल भैरहेपनि नतिजा आउन केही समय लाग्ने भन्दै धैर्य गर्न आग्रह गर्नुभयो । साथै उहाँले अभियानले पनि स्वनियमन र सुशासनलाई बिशेष जोड दिनुपर्ने, आफ्नो सक्षमता अभिवृद्धि गर्नुपर्ने, सहकारी मूल्य, मान्यता र सिद्धान्तको पालना गर्नुपर्ने उल्लेख गर्नुभयो । 

यस्तै, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो लुज फोरमको प्रभावकारिता धेरै नै रहेको धारणा राख्नुभयो । यहाँ उठेका विषयहरु सहकारी क्षेत्रका साझा विषयहरु हुन् । यसको निरन्तरताको पनि शुभकामना व्यक्त गर्दै नेफ्स्कूनको तर्फबाट यो फोरमलाई थप सक्रिय र व्यवस्थित बनाउने दिशामा काम गरिने प्रतिवद्धता पनि जाहेर गर्नुभयो ।

सहकारी विभागका उप-रजिष्ट्रार टेकराज अर्यालले फोरममा प्राप्त हुने सल्लाह सुझावहरु गहन हुने भन्दै यिनलाई लिपीवद्ध गरी सहकारी विभाग तथा मन्त्रालयसम्म पनि पुर्याउँदा नीतिगत सम्बोधनमा सहज हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘कयसरी प्राप्त हुने गहन सल्लाह र सुझावहरुका विषयमा महासंघ, नेफ्स्कून लगायतसँग समन्वय गरेर सम्बोधन तथा समाधानका लागि नीतिगत व्यवस्था एवम् सुधार गर्न सहज हुन्छ ।’

उहाँले सहकारी क्षेत्र खराब हो भन्ने नकारात्मक तथा गलत प्रचारबाजी भएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । केहीले नराम्रो गरेपनि धेरैले राम्रो काम गरेको उहाँको भनाइ थियो । यद्यपि, सहकारी चेतनाको कमीतर्फ भने अभियानको ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी, बैठकमा सहभागीहरुले स्थानीय तहदेखि अन्तर्राष्ट्रिय निकायसम्मका सहकारी क्षेत्रसँग प्रत्यक्ष परोक्ष सम्बन्ध राख्ने निकायको प्रतिनिधित्व रहेको सञ्जालको प्रभावकारिता वर्तमान समयमा झनै बढेको भन्दै यसमार्फत राज्य र सरकारलाई सहकारी अभियानको योगदानबारे जानकारी गराउने, सम्भावनाहरु स्पष्ट बनाउने, चुनौतीहरु चिनाउने र नीतिगत बहसपैरवीका लागि सहजीकरण गर्न सकिने दाबी गर्नुभएको थियो । 

सहकारीमा देखिएको संकटले सहकारी क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने पनि अवसर पनि भएको बैठकका सहभागीहरुको भनाइ थियो । उहाँहरुले भन्नुभयो, ‘यो अभियान बलियो बनाउने बेला र अवसर पनि हो । यो फोरम राज्यसँग पुग्ने प्रभावकारी माध्यम बन्न सक्छ । तर, यसका लागि अभियानमा एकता हुनुपर्छ ।’ 

बैठकमा सहकारीका समसामयिक गतिविधिमा छलफल गरिनुका साथै चुनौती र सम्भावनाहरुबारे सहभागीहरुले धारणा राख्दै सहकारीलाई उत्पादनमा मात्र होइन प्रवर्धन र बजारीकरणसँग जोड्ने, उद्यमशीलता विकास गर्ने, अनुदान एवम् सहुलियत कर्जासँगै नीतिगत एवम् कानूनी बहसपैरवीलाई बलियो बनाउने, सहकारी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने विषयमा सल्लाह, सुझाव तथा धारणा राख्नुभएको थियो । सहकारी क्षेत्रमार्फत भएका राम्रा काम र योगदान केही सहकारीहरुले गरेको गलत कामका कारण ओझेलमा परेको भन्दै यस क्षेत्रको गरिमा बढाउन सबैले भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त भएको थियो ।
बैठकमा महासंघका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेल, नेफ्स्कून महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दिपक थापा, लेखा सुपरिवेक्षण समिति सदस्य हेमराज विष्टसँगै प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाई, महासंघ सञ्चालक टेकप्रसाद चौलागाई, नेपाल कृषि केन्द्रीय सहकारी संघ, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ, मौरीपालन केन्द्रीय सहकारी संघ, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, जडिबुटी केन्द्रीय सहकारी संघसँगै विभिन्न विषयगत केन्द्रीय सहकारी संघका प्रतिनिधिहरु, नेपाल सहकारी पत्रकार समाज (सिजेएन) का अध्यक्ष काजी श्रेष्ठ, हेफर इन्टरनेशनल, जीआईजेड नेपाल, विश्व खाद्य कार्यक्रम नेपाल लगायत विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुका प्रतिनिधिहरु, पशु सेवा विभाग, गाउँपालिका महासंघ नेपाल, लगायतका निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

त्रैमासिक रुपमा बस्ने बैठकमा राष्ट्रिय सहकारी महासंघका नायब महाप्रबन्धक बाबुल खनालले सञ्जालको पृष्ठभूमिसँगै अघिल्ला बैठकहरुको प्रगति समीक्षा तथा आजको बैठकको निचोडहरु प्रस्तुत गर्नुभएको थियो । यसैगरी, नेफ्स्कूनको संक्षिप्त विगतसँगै यसको पछिल्लो अवस्था तथा मुख्य उपलब्धि तथा रणनीतिक दिशाका बारेमा प्रस्तुतीकरण गरिएको थियो ।
 

लोकप्रिय
नेफ्स्कूनमा नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयनका लागि आज मतदान 
नेफ्स्कूनमा नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयनका लागि आज मतदान 

२६३ दिन अगाडि

चितवन जिल्ला बचत संघको २४औं वार्षिक साधारण सभा सम्पन्न
चितवन जिल्ला बचत संघको २४औं वार्षिक साधारण सभा सम्पन्न

२७६ दिन अगाडि

नेफ्स्कूनमा आवद्ध संस्थाहरु अवश्य गन्तव्यमा पुग्छन्: अध्यक्ष पौड्याल
नेफ्स्कूनमा आवद्ध संस्थाहरु अवश्य गन्तव्यमा पुग्छन्: अध्यक्ष पौड्याल

३३२ दिन अगाडि

सामूहिक साकोस भक्तपुरको २५औं वार्षिक साधारणसभा सम्पन्न, राजाभाई भेले श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन  
सामूहिक साकोस भक्तपुरको २५औं वार्षिक साधारणसभा सम्पन्न, राजाभाई भेले श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृ...

३३९ दिन अगाडि

नेफ्स्कूनद्वारा साकोस गुणस्तर सुनिश्चतता कार्यक्रमको प्रभावकारिता विषयक समिक्षा गोष्ठी सञ्चालन
नेफ्स्कूनद्वारा साकोस गुणस्तर सुनिश्चतता कार्यक्रमको प्रभावकारिता विषयक समिक्षा गोष्ठी सञ्चालन

३५२ दिन अगाडि

एक्सेस कार्यक्रम अन्तर्गत गण्डकी क्लष्टर तेस्रो समूहको ३६औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला बागलुङमा सम्पन्न
एक्सेस कार्यक्रम अन्तर्गत गण्डकी क्लष्टर तेस्रो समूहको ३६औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशा...

३७५ दिन अगाडि

सहकारी संस्थाले दृष्टिबन्धक गर्दा कुनै शुल्क लिन नपाईने सर्बोच्चद्वारा अन्तरिम आदेश जारी
सहकारी संस्थाले दृष्टिबन्धक गर्दा कुनै शुल्क लिन नपाईने सर्बोच्चद्वारा अन्तरिम आदेश जारी

३७७ दिन अगाडि

नेफ्स्कूनको बार्षिक नीति तथा कार्यक्रम एवं कर्मचारी क्षमता अभिमुखीकरण सञ्चालन
नेफ्स्कूनको बार्षिक नीति तथा कार्यक्रम एवं कर्मचारी क्षमता अभिमुखीकरण सञ्चालन

४१३ दिन अगाडि

पाठकबाट थप