कोअप्स् डे २०२४
आज १०२औं अन्तर्राष्ट्रिय सहकारी दिवस; विशेष कार्यक्रम गर्दै महासंघ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आज १०२औं अन्तर्राष्ट्रिय सहकारी दिवस; विशेष कार्यक्रम गर्दै महासंघ


काठमाडौं । आज १०२औं अन्तर्राष्ट्रिय सहकारी दिवस ‘सहकारीले सबैका लागि समुन्नत भविष्य निर्माण गर्दछ’ भन्ने थिमका विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ३० औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३१ औं राष्ट्रिय सहकारी महासंघ दिवस पनि हो ।

विश्वभर सहकारीको महत्व, उद्देश्य, सिद्धान्त, सफलता र सम्भावनाहरुबारे जनचेतना, शिक्षा, जागरण र प्रवर्धनका कार्यक्रमहरु गरी यो दिवस मनाइँदैछ । सहकारीहरुको विश्वस्तरीय शीर्ष निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले आज बिशेष भिर्चुअल कार्यक्रम गर्दैछ भने अन्य विभिन्न मुलुकका सहकारी शीष निकायदेखि प्रारिम्भिक संस्थाहरुले पनि भौतिक कार्यक्रम राखेका छन् ।

यसैबीच, आज मुलुकभरका सहकारीहरुको शीर्ष निकाय राष्ट्रिय सहकारी महासंघले विशेष कार्यक्रम आयोजना गरी राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान र उत्कृष्ट सहकारी पुरस्कारहरु प्रदान गर्दैछ । महासंघद्वारा राष्ट्रिय सहकारी दिवसका अवसरमा घोषित सम्मान तथा पुरस्कारहरु प्रत्येक बर्ष अन्तर्राष्ट्रिय सहकारी दिवस अर्थात राष्ट्रिय सहकारी महासंघ दिवसका अवसरमा प्रदान गरिदैं आएको छ । 

अन्तर्राष्ट्रिय सहकारी दिवस अर्थात् कोअप्स् डे विश्वभरका सहकारीकर्मी, सरोकारवाला तथा शुभेच्छुकहरुको सबैभन्दा ठूलो उत्सव हो । अन्तर्राष्ट्रिय सहकारी दिवस विश्व सहकारीकर्मी र सरोकारवालाहरुलाई गोलबद्ध गराउने प्लेटफर्म अर्थात् साझा मञ्च हो । यो दिवस सहकारी अभियानको गर्विलो इतिहास, विस्तारित वर्तमान र उज्ज्वल भविष्यको आधार हो ।

कोअप्स् डे विश्व सहकारीकर्मीहरुको सामूहिक आवाज पनि हो । सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई शिरोपर गरेर सञ्चालित सहकारीका अभियन्ताहरु, यस अभियानमा जोडिन चाहने इच्छुकहरु, खोज र अनुसन्धान र सोधकार्यमा जुटेका अनुसन्धाताहरु, रोजगारीको माध्यम बनाएको मानव संशाधन तथा यस क्षेत्रका प्रत्यक्ष अप्रत्यक्ष सरोकारवालाहरुको सर्वाधिक चासो र महत्वको दिन हो । सहकारी अभियानको पहिचानको पर्व हो ।

सन् १९२३ देखि प्रत्येक जुलाईको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने गरिदैं आएकोमा संयुक्त राष्ट्र संघीय महासभाले समेत आइसीए स्थापनाको १०० वर्ष पुगेको उपलक्ष्यमा सन् १९९५ देखि मनाउने गरी सन् १९९२ मा सोही दिनलाई आइसीए डे घोषणा गरेको थियो । जसअनुसार यो वर्ष जुलाई ६ अर्थात् असार २२ गते शनिवार ३० औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस परेको हो । विश्व सहकारी अभियानको सर्वोच्च निकाय—अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) स्थापनाको करिब २८ वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको थियो ।

अर्जेन्टिना, अष्ट्रिया, बेल्जियम, बेलायत, डेनमार्क, फ्रान्स, जर्मनी, नेदरल्याण्डस्, भारत, इटाली, स्वीट्जरल्याण्ड, सर्बिया र अमेरिका गरी १३ मुलुकका सहकारीकर्मीहरुको बेलायतको लन्डनमा भएको भेलाले विश्व सहकारीहरुको साझा मञ्चको आवश्यकता महसूस गरी सन् १८९५ अगष्ट १९ मा आईसीए गठन गरेको थियो । उक्त भेला पहिलो सहकारी सम्मेलन (कोअपरेटिभ कंग्रेस) थियो ।

सन् १९९५ देखि आईसीए र संयुक्त राष्ट्र संघ अन्तर्गतको सहकारी विकास तथा प्रवर्धन समिति (कोप्याक) ले संयुक्त रुपमा अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम तय गर्दै आएका छन् । आईसीए सदस्य रहेको संयुक्त राष्ट्र संघ अन्तर्गतको कोप्याकमार्फतको निरन्तको बहसपैरवीपछि राष्ट्र संघले सहकारीलाई आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा महत्वपूर्ण भूमिका रहेको भन्दै यसको अस्तित्व स्वीकारेको थियो ।

त्यसपछि राष्ट्र संघले आइसीए स्थापनाको १ सय वर्ष प्रवेशको अवसरमा सन् १९९५ लाई संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । राष्ट्र संघले सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षका रुपमा मनाएपछि भने यसको चर्चाको घनत्व चुलिएको हो । यसैबीच, राष्ट्र संघले सन् २०२५ लाई दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्षका रुपमा मनाउने घोषणा गरिसेको छ ।

संसारभर छरिएर रहेका ३० लाख सहकारीमा १ अर्ब जनसंख्या (१२ प्रतिशत) आबद्ध छ भने कुल रोजगारीमा यसको हिस्सा १० प्रतिशत रहेको छ । विश्वका ३ सय ठूला सहकारीहरुले वार्षिक २,४०९.४१ बिलियन अमेरिकी डलरको कारोबार गर्दछन् ।

यसैबीच, अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा शुभकामना सन्देशमार्फत नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी अभियानलाई सुशासित, मर्यादित, सदस्य केन्द्रित बनाउँदै यसको छविलाई थप उचाइमा पुर्याउन सबैले हातेमालो गर्नुपर्ने बताउनुभएको छ । उहाँले सहकारी क्षेत्रका विद्यमान समस्या समाधान गरी यसको विश्वसनीयता अभिवृद्धिमा सबैको सकारात्मक साथ र सहयोगको पनि अपेक्षा गर्नुभएको छ ।

भर्खरै
नेफ्स्कून एमआइएसबाट गुणस्तर मापन र जोखिम विश्लेषण गर्न सकिने (भिडियोसहित)
नेफ्स्कून एमआइएसबाट गुणस्तर मापन र जोखिम विश्लेषण गर्न सकिने (भिडियोसहित)

१४ घण्टा अगाडि

'रोचडेल पायोनियर्स अवार्ड–२०२४' का लागि आवेदन माग
'रोचडेल पायोनियर्स अवार्ड–२०२४' का लागि आवेदन माग

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सर्वोच्चको अन्तरिम आदेश कार्यान्वयन सहजीकरणका लागि ध्यानाकर्षण
नेफ्स्कूनद्वारा सर्वोच्चको अन्तरिम आदेश कार्यान्वयन सहजीकरणका लागि ध्यानाकर्षण

१ दिन अगाडि

NEFSCUN Congratulates New WOCCU Chair; Seeks Collaboration & Advocacy Support
NEFSCUN Congratulates New WOCCU Chair; Seeks Collaboration & Advocacy Support

२ दिन अगाडि

ओकूको नयाँ अध्यक्षमा माइकल लरेन्स (भिडियो हेर्नुहोस्)
ओकूको नयाँ अध्यक्षमा माइकल लरेन्स (भिडियो हेर्नुहोस्)

२ दिन अगाडि

भारतमा नयाँ सहकारिता नीति ल्याउने बजेट घोषणा (भिडियो सहित)
भारतमा नयाँ सहकारिता नीति ल्याउने बजेट घोषणा (भिडियो सहित)

२ दिन अगाडि

विश्व क्रेडिट युनियनको सर्वोच्च सम्मान आइरिस र ब्राजिलियन स्वयंसेवीलाई 
विश्व क्रेडिट युनियनको सर्वोच्च सम्मान आइरिस र ब्राजिलियन स्वयंसेवीलाई 

२ दिन अगाडि

'नेपालको प्रयास ओकूद्वारा प्रशंसित; शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद'
'नेपालको प्रयास ओकूद्वारा प्रशंसित; शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद'

३ दिन अगाडि

लोकप्रिय
एक्सेसले नेपालमा ‘वर्ल्ड क्लास’ साकोसहरु बनाएको छ
एक्सेसले नेपालमा ‘वर्ल्ड क्लास’ साकोसहरु बनाएको छ

७० दिन अगाडि

नेफ्स्कूनको नयाँ सञ्चालक समितिलाई अहिले काम गर्ने मौका छ 
नेफ्स्कूनको नयाँ सञ्चालक समितिलाई अहिले काम गर्ने मौका छ 

२०० दिन अगाडि

नेफ्स्कूनको नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिद्वारा पदबहाली
नेफ्स्कूनको नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिद्वारा पदबहाली

२१४ दिन अगाडि

नेफ्स्कून-डिएसआईकेबीच दिगो सहकार्यको समझदारी
नेफ्स्कून-डिएसआईकेबीच दिगो सहकार्यको समझदारी

२३९ दिन अगाडि

पुराना साझा (सहकारी) संघ/संस्थामा रहेको ऋण तथा रोक्का जग्गाको विवरण पठाउन विभागद्वारा निर्देशन जारी 
पुराना साझा (सहकारी) संघ/संस्थामा रहेको ऋण तथा रोक्का जग्गाको विवरण पठाउन विभागद्वारा निर्देशन जारी 

७५७ दिन अगाडि

वार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
वार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न

७५९ दिन अगाडि

भक्तपुरमा कोपोमिस र गोएएमएल कार्यान्वयन विषयक अन्तरक्रिया सम्पन्न
भक्तपुरमा कोपोमिस र गोएएमएल कार्यान्वयन विषयक अन्तरक्रिया सम्पन्न

७६१ दिन अगाडि

सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान 
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान 

७६२ दिन अगाडि

पत्रकारबाट सुझाव